Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने माग सहित त्रिविमा रातभर धर्ना


काठमाडौं । समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न माग राख्दै त्रिभुवन विश्व विद्यालयका केही विद्यार्थीहरू त्रिभुवन विश्व विद्यालयको प्रशासन मै रातभर धर्ना बसेका छन् ।

ट्रान्सक्रिप्ट उपलब्ध गराउन ढिलाइ गरेको र नतिजा समेत असम्बन्धित विषयको प्रकाशित गरेको कारण बिहीबार त्रिवि प्रशासनमा राभर धर्नामा बसेका हुन् ।

गत मङ्सिर मै ट्रान्सक्रिप्ट लिनका लागि निवेदन दिएर पटकौं पटक धाउँदा पनि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट उपलब्ध नगराएको, ६ वटा विषयमा परीक्षा दिएको तर ११ ओटा विषयको नतिजा निकाल्ने जस्तो गैर जिम्मेवार कार्यको विरुद्धमा धर्नामा बसेको विद्यार्थीहरुले बताएका छन् ।

प्रवीण दाहाल, ममता जोशी, अर्जुन बगाले, आशिष शाक्य, बिना श्रेष्ठ, असल गैरे, कृष्ण साउद, प्रदीप भण्डारी लगायतका विद्यार्थीहरू धर्नामा बसेका छन् । माग पूरा नभएसम्म धर्ना जारी रहने बताइएको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #त्रिभुवन विश्व विद्यालय, #समयमै ट्रान्सक्रिप्ट

तपाईको कमेन्ट लेख्नुहोस्