Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

दिवंगतको सम्झनामा आज गाईजात्रा पर्व मनाइँदै


काठमाडौं । काठमाडौं उपत्यका लगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा मंगलबार गाईजात्रा मनाइँदैछ । वर्ष दिनयता दिवंगत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाइन्छ । गाईजात्राका दिन विशेषगरी दिवंगत परिवारका सदस्य वा आफन्तको स्मृतिमा झाँकीसहित जात्रा निकाल्ने प्रचलन छ ।

काठमाडौंमा मृतकको तस्विरसहित गाईको झाँकी हनुमानढोका दरबार परिक्रमा गराइन्छ । दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने मान्यता छ । भक्तपुरमा बाँसमा मृतकको तस्विर गाईको प्रतीक चिह्न टाँसेर नगर परिक्रमा गराई लठ्ठी जुधाएर घिन्ताङ् घिसी नाच देखाइँदैछ ।

पाटनमा पनि बौद्ध धर्मावलम्बीले विहार वा बहाल वही परिक्रमा गरेर यो जात्रा मनाउँदै मनाइँदैछ । उपत्यकाबाहेक नेवार समुदायको बाहुल्य भएका देशका अन्य भागमा पनि गाईजात्रा मनाइन्छ । नाबालक छोरा चक्रवर्तेन्द्रको मृत्युपछि शोकाकुल रानीलाई सान्त्वना दिँदै तत्कालीन राजा प्रताप मल्लले वर्ष दिनको आशौच बारिरहेकालाई गाईसहित दरबार परिसरमा आउन आदेश दिएपछि यसले जात्राको रूप लिएको विश्वास गरिन्छ ।

मुख्य दिन भाद्र कृष्ण प्रतिपदा भए पनि अष्टमीका दिनसम्म मनाइने यो पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान गर्ने परम्परा छ । गाईजात्रा नेवार समुदायको बाहुल्य भएका काभ्रेको बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, धादिङको त्रिशूली क्षेत्र, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर,, इलामलगायतका स्थानमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा मंगलबार काठमाडौ उपत्यकामा सार्वजनिक बिदा छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्