Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

प्रतिनिधि सभामा मन्त्री–सांसद प्रश्नोत्तर


काठमाडौं । प्रतिनिधि सभा बैठक आज दिउँसो एक बजे बस्दैछ । आजको बैठकमा सांसद(मन्त्रीबीच प्रश्नोत्तर कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

संसदको कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा तथा सिंचाइ मन्त्रालयसम्बन्धी प्रश्नको मन्त्रीले जवाफ दिनेछन् ।

आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डसम्बन्धी पहिलो संशोधन विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गर्नेछन् ।यसपछि भने पूर्वराज्यमन्त्री रामचन्द्र रायको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सकिनेछ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्