कांग्रेस–एमालेसँग मिल्दामिल्दा माओवादीकै पहिचान हराउने आशंका छः प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य दलसँग मिलेर चुनाव लड्दा लड्दा माओवादीको पहिचान नै संकटमा परेको बताएका छन् ।
शनिबार पार्टीको दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अब आउने चुनावमा सबै ठाउँमा माओवादीले एक्लै उम्मेदवारी दिने बताएका हुन् ।
उनले भने ‘कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गरेर निर्वाचन लड्दा लड्दा कता कता माओवादीको पहिचान हराउन लागेको हो कि आशंका सर्वत्र भएको छ । र, यो पटक हामी आफ्नै खुट्टामा उभिएर अहिले मात्रै होइन, २०८४ सालको निर्वाचनमा पनि माओवादी एक्लै १६५ सिटमा नै ३३० प्रदेशमा र सबै पालिकामा पनि हामी एक्लै चुनाव लडेर फेरी एकचोटी माओवादीलाई आफ्नो पहिचानसहित स्थापित गर्ने हामीले संकल्प लिँदैछौं’ ।
उनले यही सन्देश दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्