Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

विपक्ष दल सरकारप्रति आक्रोशित,ओली नेतृत्वको सरकार असफल !


काठमाडौं । विपक्षी दलको बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकालेको छ । शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा पनि गम्भीर ढंगले चुकेको ठहर गरेको हो । बैठकले बाढी पहिरो पीडितको राहत र उद्धारको सन्दर्भमा सरकारको भूमिका गैरजिम्मेवार देखिएको बैठकले निष्कर्ष निकालेको छ । सरकार सुशासनको सवालमा चुकेको, भ्रष्टाचारलाई प्रशय दिएको जस्ता आरोप पनि विपक्षी दलले लगाएको छ ।

त्यस्तै, सरकारले दल फुटाउने अध्यादेश ल्याउन लागेको आशंका गर्दै प्रतिपक्षी दलहरूले विशेष अधिवेशन माग गर्ने तयारी गरेका छन् । जनसरोकारका विभिन्न विषयहरुमा ध्यानाकर्षण गराउँदै सरकारलाई ज्ञापन पत्र बुझाउने पनि प्रतिपक्षले निर्णय गरेका छन् । बैठकले जनसरोकारका विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले प्रधानमन्त्रीले विगतदेखि नै अध्यादेशमा काम गर्ने गरेको भन्दै फेरि पनि साना दलहरुलाई फुटाउने गरी अध्यादेश ल्याउनसक्ने शंका भएको बताए । यो बिषयमा प्रधानमन्त्रीसहित राष्ट्रपति र सभामुख समेतलाई ध्यानाकर्षण गराउने निर्णय गरेका छन् । यदी सरकारले अध्यादेश ल्याउन खोजे आफूहरू विशेष अधिवेशनको माग गर्ने उनको भनाई छ ।

विपक्षी दलहरू तीन सदस्यीय कार्यदलले संयन्त्र गठन गरेको छ । कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य छन् । आगामी कात्तिक ५ गते राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउने पनि नेताहरूले बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वान बसेको बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी र आजपाका नेताहरुको सहभागिता रहेको थियो । यस्तै, बैठकमा सत्तामा रहेका लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ समेत सहभागी थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #विपक्षी दलको बैठक

तपाईको कमेन्ट लेख्नुहोस्