एकतावद्ध सत्तारुढको सन्देश,जारी भयो सातबुँदे वक्तव्य

काठमाडौं । सरकारको सय दिने प्रगति विवरण सार्वजनिक भएको दुई दिनपछि सत्ता साझेदार सात दलले सातबुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक बसेर सरकारलाई थप प्रभावकारी बनाउने प्रतिवद्धतासहित संयुक्त वक्तव्य जारी गरिएको हो ।
मुलुकमा विद्यमान संकट र चुनौतीहरुलाई सामना गर्दै मुलुकको लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउने उद्देश्य सहित गठन भएको वर्तमान सरकारलाई थप प्रभावकारी बनाउन सातबुँदेमा उल्लेख गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिने प्रगति विवरणमा समेटेकै अधिकांश विषय संयुक्त बक्तव्यमा उल्लेख गरिएको छ ।
बक्तव्यको पहिलो बुँदामै सरकारको सय दिने कार्य प्रगतिको समर्थन गर्दै आगामी दिनमा पनि समर्थनको प्रतिबद्धता गरिएको छ । प्रधानमन्त्रीले प्रस्तुत गरेको विवरणलाई सात दलका तर्फबाट समर्थन जनाएका थिए । संयुक्त बक्तव्यको दोस्रो बुँदामा संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन गरिएको काम उल्लेख गरिएको छ ।
तेस्रो बुँदामा अर्थतन्त्र सुधारका निम्ति सरकारले गरेको प्रगति विवरण राखिएको छ । बाँकी बुँदामा भने सरकारले आगामी दिनमा गर्ने कामबारे प्रतिबद्धता र विश्वास दिलाउन खोजिएको देखिन्छ । जसमा सहकारी ठगी प्रकरण, संविधान कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण र संशोधन, बाढी पहिरोका कारण उत्पन्न समस्या समाधान, सरकारको स्थायित्वप्रति विश्वास दिलाउने जस्ता विषय राखिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानमन्त्रीको निवास, #सरकारको सय दिने, #सात दलले सातबुँदे
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्