Techie IT
  • २५ चैत्र २०८१, सोमबार
KhojPatrika

मीनबहादुरले दिएको जग्गामा तत्काल कुनै संरचना नबनाउनूः सर्वोच्च


काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी मीनबहादुर गुरूङले नेकपा एमालेलाई दान दिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमवार सुनुवाइ हुँदा तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश भएको हो । अधिवक्ता ज्ञानबाहादुर बस्नेत र श्यामकृष्ण मास्केले उक्त रिट दिएका थिए ।

इजलासले यो विवादमा रिट निवेदक ज्ञान बस्नेतसमेत, विपक्षी नेकपा एमाले र व्यवसायी मीनबहादुर गुरुङलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।

विवादास्पद र अनुसन्धानको दायरामा परेका गुरूङसँग एमालेले जग्गा लिएको भन्दै सोही पार्टीका केही नेतासहितले विरोध गरिरहेका छन् ।

एमालेले सहयोग लिन कुनै बाधा नपर्ने दावी गर्दै आएको छ । यसअघि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र व्यापारी गुरूङले भवन शिलान्यास गरिसकेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्