हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यतिबेला विभिन्न मुद्धाको सामना गरिरहेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका लामिछाने यतिबेला प्रहरी हिरासतमा छन् । उनीमाथि थप अनुसन्धान भइरहेको छ । अनुसन्धान अघि बढिरहेका बेला लामिछाने भने सरकारविरुद्ध सशक्त रुपमा खनिन थालेका छन् । सरकारले प्रतिशोध साँधेर आफूमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै लामिछाने निरन्तर आक्रोश पोखिरहेका छन् ।
अदालत र सरकारी वकिलको कार्यालयबाट उनले सरकारलाई प्रहार गरिरहेका छन् । बोलेर गिनिज बुक अफ वल्र्डमा रेकर्ड कायम गरेका पूर्व गृहमन्त्री रवि लामिछाने बोलेर थाक्ने कुरै भएन । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा प्रहरी हिरासतमा रहेका उनी बोल्नै नपाएर हैरान भएको देखिदैछ । हिरासतबाट अदालतमा उपस्थित गराउन लैजादा बन्द भएको उनको बोली एकाएक बुलन्द हुने गरेको छ ।
अदालत परिसरमा क्यामरा देख्नेबित्तिकै लामिछाने कड्किएर बोली फुटाइहाल्छन् । कहिले अदालत त कहिले सरकारी वकिलको कार्यालयबाट नै उनले सरकारलाई प्रहार गर्दै आइरहेका छन् । पहिलो दिन नै कास्की जिल्ला अदालत परिसरमा लामिछानेले सरकारविरुद्ध खनिएरै बोली फुटाए । पहिलोपटक अदालतमा हाजिर हुने क्रममा लामिछानेले केपी शर्मा ओली सरकार सबैभन्दा भ्रष्टाचारी रहेको दाबी गरेका थिए । एकजना आरोपित व्यक्तिले सरकारविरुद्ध अदालत परिसरबाटै बोल्न थालेपछि यसले गम्भीर समस्या निम्त्याएको थियो ।
लामिछानेको यो हर्कतले त्यहाँको प्रशासनप्रति प्रश्न उठेको थियो । लामिछानेलाई थप अनुसन्धान र सोधपुछका लागि पोखराबाट रुपन्देही पु¥याइएको छ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना अभियोगमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएका लामिछानेलाई तीन दिन भैरहवास्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयान लिइएको छ । रविको बयान सुरक्षा अधिकारीसहितको उपस्थितिमा मंगलबारदेखि चलेको हो ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई तेस्रो दिन पनि बाक्लो सुरक्षाबीच बयान लिइयो । जति बाक्लो सुरक्षा भएपनि लामिछानेले नानीदेखि लागेको बानी छोड्ने कुरै भएन । वकिलको कार्यालय परिसरबाटै उनले आफ्नो मुख खोलिहाले ।
मंगलबार पहिलो दिन प्रारम्भिक बयानका क्रममा उनले जिल्ला सरकारी वकिलको कार्यालयको बार्दलीबाटै सरकारविरुद्ध फायरिङ खोले । उनले आफू बाघ भएको दाबी समेत गरे । रवि लामिछाने बाघ हुन या स्याल त्यो त अनुसन्धानले पुष्टि गर्ने नै छ । यो विषय अहिले अदालती प्रक्रियामा गइसकेको हुनाले कसैले पनि आफूखुसीको व्याख्या गर्नु जायज हुँदैन ।
अदालतले तथ्य र प्रमाणका आधारमा फैसला गर्ने भएकाले अदालतको निर्णय नै सबैका लागि मान्य हुनेछ । त्यसलाई कुर्नुबाहेक अर्को विकल्प छैन । अदालतलाई प्रभावित पार्ने खालका गतिविधि रास्वपाले गरेको भन्दै सर्बोच्च अदालतमा समेत पदाधिकारी र सांसदहरुबिरुद्ध अवहेलना मुद्धा दर्ता भएको छ ।
अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चरणमै रहेको मुद्दालाई अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनतालाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबीसहित रिट हालेका हुन् । सुनुवाई भने मंसिर ३ गते तोकिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #संगठित अपराध, #सहकारी ठगी
तपाईको कमेन्ट लेख्नुहोस्