ह्वात्तै बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ थियो । चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यस आधारमा चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, समाचार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्