Techie IT
  • १२ वैशाख २०८२, शुक्रबार
KhojPatrika

आजदेखि बजेट अधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने


काठमाडौं । आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो । त्यसयता केही समय सांसदहरु फुर्सदिला भएका थिए । त्यसको तीन साता पछि बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको बिदापछि अधिवेशन सुरु गर्ने तयारी गरेपनि शिक्षकहरुको आन्दोलनको दबाबले संसदको बजेट अधिवेशन केही दिन अगावै बोलाइएको हो । शैक्षिक हड्ताल गरेर काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् ।

तीन सातादेखि सडकमा उत्रिएका शिक्षकलाई विश्वासमा लिन सरकारले अधिवेशन अघि सारेको हो । साथै, अधिवेशनको सुरुआतीमै विधेयक पारित गर्ने निर्णय पनि गरेको छ । तर, शिक्षकहरुले भने विश्वास गरेका छैनन् । आन्दोलन जारी राखेका छन् ।

बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ । यसबाहेक आज संसदमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं