Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

किन बढ्दैछ दुव्र्यसन,रोक्ने प्रयास कसैको छैन्


काठमाडौं २३ साउन । नेपालमा पछिल्लो समय जघन्य अपराध मानिने लागु पदार्थ दुव्र्यसनीमा बालबालिकाको प्रयोग बढ्दै गएको छ । विद्यालयदेखि उच्च शिक्षा तहमा अध्ययनरत विद्यार्थीहरु दुव्र्यसनीमा फस्ने गरेका छन् । दुव्र्यसनीकै कारण यौनजन्य हिंसाका घटना पनि बढिरहेको छ । रोकथामका लागि प्रभावकारी कदम चाल्न भने सकिएको छैन । विद्यालय तहमा अध्ययनरत छात्रछात्रासमेत दुव्र्यसनीमा फस्ने गरेको पाइएको छ । यति मात्रै होइन, लागुपदार्थ कारोबारीलेसमेत कक्षा ७ देखि १२ सम्म अध्ययन गर्ने युवायुवतीको प्रयोग गर्ने गर्दछन् । लागुपदार्थको कारोबार र सेवनकै कारण हिंसात्मक घटनामा पनि वृद्धि भइरेको छ । कतिपय यौनजन्य अपराध र हिंसासमेत लागुपदार्थको सेवन र कारोकारकै कारण हुने गरेको छ । नेपालमा सन् २०७० को दशकपछि लागु औषध सेवन गर्नेको संख्या बृद्धि भएको पाइन्छ । २ लाख भन्दा बढी नेपाली लागु ओषधको कूलतमा फसेको तथ्यांक छ । ती मध्ये ८० प्रतिशत ७ देखि १२ कक्षासम्म पढ्ने किशोरकिशोरी छन् । समस्या भयावह भए पनि न्युनिकरणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको स्वीकारोक्ति छ । खराब साथीभाईको संगत, आमाबाबुले छोराछोरीलाई पर्याप्त समय दिन नसक्दा तथा सन्तानप्रति वेवास्ता गर्दा गलत काममा लाग्ने गरेको पाइन्छ । यसको रोकथामका लागि सरकारले प्रभावकारी रुपमा नीतिगत सुधार गर्न सकेको छैन । लागु औषध सेवन तथा कारोबार नियन्त्रणका लागि जनचेतनाको पनि आवश्यक पर्दछ । विश्वभरी २७ करोड मानिस लागु औषधको ओसार पसार र दुव्र्यसनका कारणले प्रभावित भएका छन् । विश्वमा अहिले भइरहेको आपराधिक क्रियाकलाप मध्ये ६० प्रतिशतभन्दा बढि लागुऔषध दुव्र्यसनीका कारण हुने गरेको छ । विश्वका १७ करोड व्यक्तिहरू लागुऔषध दुव्र्यसनिमा फसिसकेका छन् । नेपालमा पनि बिभिन्न सरोकारवाला निकाय छ्न । तर, उनीहरुले दुब्र्यसनी रोक्न खासै चासो देखाएको देखिदैन् । अझ सरकारले त यसबारे सोच्नै सकेको छैन् । समयमै दुब्र्यसनी पहिचान गरी तिनिहरुलाई उचित परामर्श दिन जरुरी छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #durbesani

तपाईको कमेन्ट लेख्नुहोस्