Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

किन रोकिएन डेगुं रोग ?


देशका विभिन्न जिल्लामा डेगुंको सक्रमण फैलिएसँगै त्रास नै फैलिएको छ । न फैलियोस नि कसरी ? अस्पतालमा उपचार गर्न आएका अधिकाशं विरामीमा डेगुं देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चिकित्सकलाई यति बेला भ्याइनभ्याइ छ । डेंगुको शंका गर्दै होस या डेगुं सक्रमितहरु जाँच गर्न आएका बिरामीको लाइन लागेको छ । विरामीको भीडभाडले अस्पतालमा जात्रा लागेझैं देखिन्छ । ठेलमठेल गरि लाईन बसीरहेका छन् । विरामी चर्को घाममा अनुहार निन्याउरो पारेर बसिरहेको देखिन्छन् । कोही लाइनमा बस्न नसकेर अस्पतालको पेटीका बसीरहेका छन् । यो दृश्य शुक्रराज ट्रपिलकल तथा सरुवा रोग अस्पतालको हो । जहा दैनिक सयौँको सङख्यामा डेगुं भयो कि भन्ने आशंकामा उपचार गर्नकै निमित्त आएका छन् । डेंगुकै कारण साउनयता ६ जनाको मृत्यु भइसकेको छ भने ७ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार साउन १ गतेबाट मात्र विभिन्न प्रदेशमा १ हजार ८ सय ९९ जना संक्रमित भएका छन् । ५६ वटा जिल्लामा डेंगुको संक्रमण फैलिसक्दा पनि मन्त्रालय यसको नियन्त्रणमा लाग्न सकेको छैन । डेंगु नियन्त्रणबाहिर गइसक्दा पनि रोग नियन्त्रणको महत्वपूर्ण जिम्मेवारी पाएको निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने डेंगुका कारण मृत्यु भएकाको र बिरामीको तथ्यांक संकलन मात्र गरेर बसिरहेको छ ।  डेंगुका कारण सुनसरी, सिन्धुपाल्चोक, चितवन र डोटीमा एक–एक जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्क छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु नियन्त्रणका लागि ठोस कदम चाल्नु पर्ने हो । तर, महाशाखा नै संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहसँगको तालमेल मिल्न नसकेको हुँदा डेंगु नियत्रणमा चुनौती देखिएको जवाफ दिन्छ । बैशाखदेखि देखिएको डेगुंले अहिले भयावहरुप लिसकेको छ । संक्रमितको संख्या पनि दैनिक बढ्दै गएको छ । तर पनि सरोकारवाला निकाय भने कानमा तेल हालेर बसेको छ ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #dengu

तपाईको कमेन्ट लेख्नुहोस्