यसरी पूरा भयो ललितपुरस्थित लाकुरी भज्याङमा गाँजा मिशन….

दिपक अर्याल\अनिल श्रेष्ठ\ टिम जनताको इजलास
हाम्रो गाँजा मिसन । महानगरीय प्रहरी परिसर जावलाखेलमा बनेको यो मिसन सुरु हुन्छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नेतृत्वको मिसनका लागि हामीसँगै, सहायक प्रमुख जिल्ला अधिकारी, परिसर प्रमुख सहित करिब दुई सय संख्याको प्रहरी टालीको यात्रा । जावलाखेल, ग्वार्को लुभु हुँदै हाम्रो यात्रा लाकुरी भंज्याङ तिर सोझिन्छ ।


हाम्रो टिमलाई प्राप्त गोप्य सुचनाका आधारमा तय गरिएको गाँजा मिसनको सम्भावित भय रोक्न गोलीगठ्ठा सहितको प्रहरी टोली सबैभन्दा अघिल्लो पंतिमा छ । हामी करिब एक घण्टाको यात्रापछि मिसनस्थल लाँकुरी भञ्ज्याङ पुग्यौँ । जहाँ लहलह झुलिरहेका थिए, अबैध गाँजाका बोटहरु । हाम्रो आँखाले जता हेर्थ्यो उतै देखिन्थ्यो गाँजा नै गाँजा । अब सुरु हुन्छ, प्रतिबन्धित गाँजा नष्ट गर्ने हाम्रो मिसन ।


यहाँ प्रतिबन्धित गाँजाको ब्यासायिक खेती भएको रहेछ । करिब हजार रोपनी क्षेत्रफलमा फैलिएको गाँजालाई लुकाउन मकै खेती गरिएको छ । मकै पन्छाएसँगै गाँजा थन्क्याउने तयारीमा रहेका स्थानीयले आफ्नो मिसन पुरा गर्न पाएनन् । स्थानीय भन्दैथिए, खेती गरेको नभई आफै उम्रिएको हो ।

दृश्य आफै बोलिरहेको छ, अबैद्य खेती गर्नेहरुले व्यवसायीक खेती गरेको स्विकार गर्ने कुरा पनि त भएन् नी । विगतमा काठमाडौं उपत्यकाकासँग जोडिएका पहाडी भेगमा पुगेर गाँजा ब्यापारीले प्रति रोपनी एक लाखका दरले पैसा दिई स्थानीयलाई गाँजा खेती गर्न लगाएको रहश्य बाहिरिएको थियो । यहाँको दृश्यले पनि स्थानीयलाई आर्थिक प्रभावमा पारेर खेती गराएको हो कि भन्ने आशंका गर्न बाध्य बनाएको छ । हुन त ग्रामिण भेगका स्थानीयलाई पैसाका लागि बैद्य अबैद्य बिचार नगरी काम गर्नुपर्ने बाध्यता पनि छ । उनीहरुका लागि बैज्ञानिक खेती वा अन्य कुनै सिममुलक तालिम दिन राज्यले सकिरहेको छैन । बेलामौकामा फडानी गरेर मात्रै गाँजा नियन्त्रण सम्भव नहोला । विश्वका कतिपय देशमा बैद्य बनाइएको गाँजालाई व्यवस्थित गर्नेतर्फ सरकारले सोच्ने हो कि ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #गाँजा मिशन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्