Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलमै


काठमाडौं ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनका विषयमा आजपनि छलफल गर्देछन् । प्रधानमन्त्री ओलीले हटाउने मन्त्री र नयाँ थपिने मन्त्रीका विषयमा आफनै पार्टीका शीर्ष नेताहरुसंग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री ओली अध्यक्ष पुष्पकमल दाहालसंग सहमति भएपछि मात्रै निर्णय गर्ने मनस्थितिमा छन् । सोमबार झण्डै तीन घण्टा भएको छलफलमा सहमति नजुटेकाले मंगलबार पनि छलफल हुन लागेको हो । दुई अध्यक्षबीचको छलफलको समय भने तय भइसकेको छैन । दाहालको सचिवालयका अनुसार प्रचण्ड नवलपरासी जाने कार्यक्रम रहेकाले फर्किएपछि मात्रै छलफल हुनेछ । दुई अध्यक्षबीच सहमति नहुँदा मन्त्रिपरिषद पुनर्गठन लम्बिने देखिएको हो । नेकपा सचिवालय बैठकले दुई अध्यक्षलाई मन्त्री छान्ने र हटाउने सैद्धान्तिक सहमति दिएको थियो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री ओली

तपाईको कमेन्ट लेख्नुहोस्