कस्तो छ प्रधानमन्त्रीको स्वाथ्य

काठमाडौं ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था गुणात्मकरुपमा सुधारउन्मुख हुंदै गएको छ । मंगलबार विहान देखि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मंगलबारको तुलनामा आज धेरै सुधार आएको हो । यद्यपी अजै केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएको छ । प्रधानमन्त्री केपी शर्माओलीको स्वास्थ्य अवस्थालाई लिएर बुधबार पनि सवैतिर चिन्ता र चासो बढ्यो । मंगलबार एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएपछि ओलीलाई भेण्टीलेटरमा राखेर उपचार गरिएको थियो । बुधबार विहान प्रधानमन्त्री ओलीलाई भेण्टीलेटरबाट बाहिर निकालिएको थियो । बुधबार दिउंसो देखि चिकित्सकहरुसंग सामान्य बोलचाल गर्न सक्ने अवस्थामा पुगेको उपचारमा संलग्न डाक्टर अरुण सायमीले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न बुधबार पनि विभिन्न नेता कार्यकर्ता, आफन्त, सुभचिन्तकहरु अस्पताल पुगेका थिए । त्यस्तैगरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अस्पताल पुगेका थिए । सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेट्न त पाएनन तर उपचारमा संलग्न डाक्टरहरुसंग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थिए । स्वास्थ्य अवस्था बुझे लगतै संचारकर्मीसंग कुरा गर्दै सभापति देउवाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारउन्मुख भएको र केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने जानकारी पाएको बताए । अस्पतालले मंगलबार सांझ सम्म २ पटक विज्ञाप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी गराएको थियो । भने आज विहान साढे १० बजे पुन विज्ञाप्ती जारी गर्दै दोस्रो पटक स्वास्थ्य अवस्थाबारे जानकारी दिइएको थियो । सांझ पनि विज्ञाप्ती जारी गर्दै स्वास्थ्य अवस्थाबारे पछिल्लो नयां जानकारी दिएको छ । विज्ञप्तीमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था गुणात्मक रुपमा सुधार हुदै गएको र सामान्य कुराकानी गर्न सक्ने अवस्था रहेको जनाएको छ । प्रधानमन्त्री ओलीको त्रिवी शिक्षण अस्पताल महाराजगंज स्थित मनोमोहन कार्डिओथोरासिक भास्कुलर तथा टास्पलाान्ट सेन्टरमा विज्ञ चिकित्सकहरुको उच्च निगरानीममा आइसियूमा राखेर उपचार जारी छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #कस्तो छ प्रधानमन्त्रीको स्वाथ्य
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्