स्वास्थ्य मन्त्रालयमा सधैं किन यस्तो समस्या

काठमाडौं १३ मंसिर । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको काम कारबाहि चुस्तदुरुस्त बनाउनकै लागि प्रधानमन्त्री केपी ओलीले मन्त्री नै हेरफेर गरे । कानुन मन्त्रालयमा रहनुभएका भानुभक्त ढकाल स्वास्थ्य मन्त्रालय पुगेर पदवाहली पनि गरे । मन्त्रालय सम्हाल्ने जिम्मेवारी गरेका मन्त्री ढकाल मन्त्रालय पुगेका ९ दिन भएको छ । तर स्वास्थ्य मन्त्रालयमा न मन्त्री भेटिन्छन न स्वास्थ्य राज्य मन्त्री । मन्त्रालयमा २ जना सचिव छन् । तर कार्यलय समयमा कोही पनि भेटिदैन्न । शुक्रबार अपरान्ह् १२ बजे स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको प्रङगणमा पुग्दा त्यहा निकै भिडभाड देखिन्थ्यो । कोही नयाँ नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बधाई दिनको लागि त कोही आफ्नो गुनासो सम्बोधनको लागि मन्त्रालय पुगेका थिए । तर स्वास्थ्य मन्त्रालयमा कर्मचारीदेखि मन्त्रीसम्मको उपस्थिती थिएन । हो सिहंदरबार बाहिर रहेको एक मात्र मन्त्रालय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयमा कार्यालय समयमा त्यहाका कर्मचारी भेट्नै मुस्किल पर्दछ । मन्त्रालयमा न मन्त्री न सचिव, अनि न प्रवतmा । मन्त्रालयमा भेटिएका कर्मचारीलाई पनि को काहाँ गएका छन् भन्ने कुनै जानकारी छैन । देशको स्वास्थ्य क्षेत्र एकदमै अस्तव्यस्त छ । यसै अस्तव्यस्तता लाई सहजता प्रदान गर्न र नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा र्पुयाउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताएका थिए । तर जुन जोगी आएनी कान नै चिरेको भने झै नयाँ मन्त्रीको प्रवेश पश्चात केही आशा बोकेका स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरु निराश छन्। कर्मचारी समायोजन भएको पनि एक बर्ष हुन लागि सक्यो । तर स्वास्थ्य मन्त्रालयअन्तरगतका कर्मचारीको समायोजना अझैसम्म सकिएको छैन । मन्त्रालयमा पुगेका सेवाग्राही पनि सास्ती भोग्न बाध्य छन् । मन्त्रालयसँग सम्बन्धित काम मन्त्री देखि कर्मचारीको अनुपस्थितीले अड्किएको छ । स्वास्थ्यमा सहजता र स्वास्थ्य सेवा लिन पाउनु आम जनताको अधिकारको कुरा हो तर सम्बन्धित निकायले कहिल्यौ पनि यस्ता विषयमा गम्भिर भएको पाइदैन् । देशमा रहेका सरकारी अस्पतालहहरुको काम कारबाही जनतालाई दिइने सेवा सुविधा लगाएत सम्पूर्ण जिम्मेवारी बोकेको मन्त्रालय नै अस्तव्यस्त हुदा नागरिकले कसरी सहज ढङगले सेवा पाउछन् भन्ने प्रश्न उब्जिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #स्वास्थ्य मन्त्रालय
तपाईको कमेन्ट लेख्नुहोस्