लकडाउनको ३० औं दिन, अझै घरमै बसौं

काठमाडौं १० बैशाख । सरकारले घोषणा गरेको लकडाउन आज एक महिना पुगेको छ । बुधबार लकडाउनको ३०औं दिनमा पनि राजधानी काठमाडौंसहित देशभर विहानैदेखि सुनसान छ । फाट्टफुट्ट अत्यावश्यक क्षेत्रका व्यक्ति र सवारी साधनको चहल पहल भएपनि तुलनात्मकरुपमा पहिले भन्दा कम मानिस बाहिर निस्केका छन् । सरकारले लकडाउन उल्लंघनकर्तालाई सोही ठाउँमै ४ घण्टा उभ्याएर कारबाही गर्ने भएपछि सडकमा निस्किनेहरु घटेका हुन् । पक्राउ गर्दा पूर्ण सावधानी अपनाइने र पक्राउ परेकाहरुलाई सामाजिक दुरी कायम गरेर मात्रै सडक छेउमै राखिने प्रहरीले जनाएको छ । अत्यावश्यक कामबिना सडकमा निस्किएकाहरुलाई प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको छ । सरकारले चौथो चरणमा थपिएको लकडाउन बैशाख १५ गतेसम्म तोकिएको छ । त्यसपछि पनि लकडाउन खोल्ने या थप्नेबारे कोरोना संक्रमितको संख्या देखिन्छ या देखिदैन् त्यसैमा निर्भर रहने देखिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #लकडाउन’
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्