सानेपामा प्रतिपक्ष दलहरुको बैठक

काठमाडौं १० बैशाख । सरकारले दुई अध्यादेश ल्याएपछि रुष्ट बनेका प्रतिपक्षी दलहरुको बैठक नेपाली कांग्रेसको पाटी कार्यालय सानेपामा बसिरहेको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारले जारी गरेको दुई अध्यादेशका विषयमा समान धारणा तय गर्न बिभिन्न दलहरुसंग छलफल गर्न लागेको हो । छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित समाजवादी पार्टी नेपाल, राजपा र राप्रपाका शीर्ष नेताहरुको सहभागिता रहेको छ । नेताहरुले प्रधानमन्त्री केपी ओलीले दुई वटा अध्यादेश हतारमा ल्याएर राष्ट्रपतिबाट जारी गराउनु गम्भीर गल्ती भएको टिप्पणी गरेका छन् ।
नेकपा बाहेक अरु दलले अध्यादेश फिर्ता लिन माग गर्दै विरोध गर्दै आएका छन् । नेकपाभित्र पनि अध्यादेशप्रति तीव्र असन्तुष्टि देखिएको छ । सरकारले संवैधानिक परिषद सम्बन्धी ऐनमा विपक्षी दलको नेताविनै निर्णय गर्न सक्ने र राजनीतिक दल सम्बन्धी ऐनमा पार्टी विभाजनको प्रावधान खुकुलो बनाउने गरी अध्यादेश जारी गरेको थियो । अध्यादेशबारे प्रतिपक्ष मात्रै होइन नेकपाभित्रै बिवाद देखिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #प्रतिपक्षी दल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्