नेकपा सचिवालय बैठक, बिबाद साम्य पार्ने प्रयास

काठमाडौं १७ बैशाख । सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बैठकबारे सहमति भएपछि आज साँझ ५ बजे बैठक बस्ने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने जनाइएको छ । नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन माग गर्दे आएका थिए । अध्यादेश प्रकरणपछि दबाबमा परेका ओलीले आलटाल गर्दै आए पनि मंगलबार दाहालसँगको भेटमा बैठक बोलाउने निर्णय भएको थियो । पाटीभित्र देखिएको बिबाद र नेताहरुको गुटगत भेलापछि बस्न लागेको बैठकले बिबाद साम्य पार्ने प्रयास गर्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #नेकपा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्