७ देखि १० दिन लकडाउन थप्न सिफारिस

काठमाडौं २३ बैशाख । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने निर्णय गरेको छ । चैत ११ गतेदेखि जारी रहेको लकडाउनलाई ७ देखि १० दिनसम्म अझै निरन्तरता दिनुपर्ने समितिले सरकारलाई सिफारिस गरेको हो । बैठकले सरकारले कोरोनाभाइरस संक्रमण रोक्न र शून्यमा झार्न सवै शक्ति परिचालन गर्नुपर्ने बताएको छ । कोही पनि व्यक्ति र नागरिक मुलुकमा कोरोनाबाट मृत्युबरण गर्न नपरोस् र थप संक्रमण फैलिन नपाओस भनी लकडाउनलाई निरन्तरता दिनुको बिकल्प नभएको बैठकले निष्कर्ष निकालेको छ । लकडाउन कति दिन थप्ने भन्ने निर्णय भोलिको मन्त्रिपरिषद बैठकले गर्नेछ । कतिपय जिल्लामा लकडाउन खुकुलो बनाउने प्रस्ताव पनि गरिएको छ । औषधि तथा खाद्य सामग्री ढुवानीका लागि भने सहज बनाउनुपर्ने छलफल पनि भएको छ । यद्यपी कुन जिल्लामा खुकुलो बनाउने हो वा मापदण्ड के हो भन्ने खुलाइएको छैन । थपिएको लकडाउनको म्याद २५ गतेराति १२ बजेदेखि सकिदैछ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । नेपालगञ्जमा मात्रै मंगलबार ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्म नेपालमा ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लकडाउन’
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्