कपिलबस्तुका दुई जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं २५ बैशाख । कपिलवस्तुका दुई जना कोरोना पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका दुबै जनामा कोरोना संक्रमण देखिएको हो ।
उनीहरुको अवस्था सामान्य छ । कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ६८ हजार ६ सय २ नमूना परीक्षण भएको छ । जसमध्ये आरडीटी ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५ सय ९ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना पोजेटिभ
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्