२६ जिल्लामा कोरोना फैलियो, संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं ३ जेठ । नेपालका ७७ जिल्ला मध्ये २६ जिल्लामा कारोना संक्रमित भेटिएका छन् । शनिबार कोरोना पोजेटिभको संख्या २ सय ७८ पुगेसँगै नेपालका २६ जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । पछिल्लो जानकारी अनुसार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । शनिबार नै कपिलवस्तुका तीन जनामा संक्रमण देखिएको थियो । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै, शनिबार नै भएको परीक्षणमा बर्दियाको नार्खुका २८ वर्षीया महिला, सिराहा सखुवाका ३० वर्षीय पुरुष, पर्साको वीरगञ्जका २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगरका १८ वर्षीया किशोरी र चितवनको गढौलीका २५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । प्रदेश नम्बर २ र ५ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । दुबै प्रदेशमा गरी २ सय १८ जनामा संक्रमण देखिएको छ । यस्तै, प्रदेश नम्बर १ मा ३६ र बागमती प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा ३ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३६ जना उपचारपछि घर फर्किएका छन् । गत २४ घण्टामा ५ हजार २ सय ४३ जनाको नमुना परीक्षण भएको छ । पिसिआर विधिबाट २ हजार ५ सय ७९ वटा परीक्षण गरिएको छ । आरडिटी विधिबाट २ हजार ६ सय ६४ वटा परीक्षण भएको छ । हालसम्म पिसिआर विधिबाट २६ हजार ६ सय ९१ र आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ वटा परीक्षण भएका छन् । ९२ हजार ४ सय ४० जनाको परीक्षण गरिएको छ । प्रदेश नम्बर १ मा ९ हजार १ सय ११, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८७, बागमती प्रदेशमा १० हजार ४ सय ५२ र गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ जनाको परीक्षण गरिएको छ । यस्तै, प्रदेश नम्बर ५ मा ८ हजार ४ सय ९०, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १७ हजार ४ सय ५ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १६ हजार ३ सय ६६ जना रहेका छन् । काठमाडौं उपत्यकामा ३२ सहित देशभरीका विभिन्न अस्पतालमा ३ सय २० जनाको उपचार भइरहेको छ ।
पहिलो पटक नेपाली सेनामा पनि देखियो कोरोना
पहिलो पटक नेपाली सेनामा कार्यरत दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुरमा गरिएको पीसीआर परीक्षणमा सेनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
उनीहरु मध्य पृतना महोत्तरीमा कार्यरत रहेका छन् । उनीहरुलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याउन लागिएको र काठमाडौं ल्याइसकेपछि सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा राखिने सेनाले जनाएको छ । महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना पोजेटिभ
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्