बिश्वभर कोरोनाबाट ९६ नेपालीको मृत्यु, ७ हजार ६२ संक्रमित

काठमाडौं ४ जेठ । कोरोना भाइरस महामारीले बिश्वभर ९६ जना नेपालीको मुत्यु भएको छ । गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार शनिबार ९१६ मे २०२०० साँझसम्म ९६ जनाको मुत्यु भएको छ भने ७ हजार ६२ संक्रमित छन् । सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
यस्तै, अमेरिकामा कोरोना कारण ज्यान गुमाउने नेपालीहरूको संख्या १५ पुगेको छ । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् । कोरोनाकै कारण साता मात्र नेपालसहित थप १८ जनाले ज्यान गुमाएका हुन् ।
कुन कुन देशमा कति नेपालीको ज्यान गयो
बेलायत ६३
अमेरिका १५
युएइ ९
साउदी २
जापान १
टर्की १
बहराइन १
स्वीडेन १
नेदरल्याण्ड १
आयरल्याण्ड १
नेपालबाहेक विश्वभर छ हजार सात सय ८१ गैरआवासीय नेपालीहरू कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एसियामा ५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । अस्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छैन । संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपालीहरू कोरोना भाइरसबाट मुक्त भएको अनुमान गरेको छ । कतारमा दुई हजार पाँच सय, अमेरिकामा एक हजार ६ सय, युकेमा एक हजार दुई सय २१, बहराइनमा तीन सय ११, युएईमा दुई सय, कुवेतमा ८४, नेपालमा २८१ जना कोरोना संक्रमित छन् । यसैगरी, साउदी अरबमा छ सय ७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अस्ट्रेलियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साइप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #९६ नेपालीको मृत्यु
ताजा खबर
- १७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- २साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ३भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
- ४हमासलाई ट्रम्पको चेतावनी‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’
- ५माओवादीको अभियान कार्यतालिका हेरफेर,आजदेखि कुन जिल्लामा कहिले ?
तपाईको कमेन्ट लेख्नुहोस्