१५ दिन थपेर जेठ २० गतेसम्म पुर्याइयो लकडाउन

काठमाडौं ४ जेठ । सरकारले लकडाउन थपेको छ । १५ दिन लकडाउन थपेर जेठ २० गतेसम्म पुर्याएको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दैनिक कोरोना संक्रमित थपिदै गएपछि थप जोखिम कम गर्न लकडाउन थपिएको हो । यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको थियो । नेपालमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै चैत ११ गतेदेखि निरन्तर लकडाउन जारी छ । तर, २ जना संक्रमित हुँदा थपिएको लकडाउन आइबारसम्म २ सय ९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण २ जनाको मृत्यु भइसकेको छ । बिभिन्न जिल्लामा अझै परिक्षण जारी रहेकोले थप बढ्न सक्ने देखिन्छ । ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो चरण काठमाडौंमा लकडाउन फितलो हुँदा कोरोना संक्रमित पनि बढिरहेका छन् । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै जाँदा थप जोखिम बढेको छ । भक्तपुर काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारीले समेत लकडाउन कडा बनाउन निर्देशन दिन गृहमन्त्रीसँग आग्रह गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लकडाउन’
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्