प्रधानमन्त्रीलाई उभिएर बोल्न समस्या, राखियो रोष्टममै कुर्सी

काठमाडौं ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले सम्बोधनकै क्रममा आफूलाई उभिएर बोल्न गाह्रो भएको भन्दै रोष्टममै कुसी राखेर जवाफ दिएका हुन् । उनले स्वास्थ्य समस्याका कारण उभिएर बोल्न गाह्रो भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराए ।
सभामुख सापकोटाले तत्कालै महासचिव भरत गौतमलाई कर्सुी मिलाउन निर्देशन दिए । फेरि सभामुख सापकोटाले तल नै गएर बोल्न सहज हुने भए प्रधानमन्त्रीलाई आग्रह गरे । तर, प्रधानमन्त्री ओलीले सांसदको अनुहार हेरेरै बोल्ने बताएपछि रोष्टममै कुसी राखिएको हो । संसद सचिवालयका कर्मचारीहरुले प्रधानमनत्री ओलीलाई बस्नलाई कुर्सी उपलब्ध गराएका थिए ।
कुर्सीमा बसेपछि प्रधानमन्त्री ओलीले आफूले अप्रेशन गरेका कारण खुट्टामा समस्या आएको भन्दै लामो समय उभिएर बोल्न नसक्ने सभामुख र सांसदहरुलाई जानकारी दिए । र प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमको सम्बोधन प्रक्रिया अघि बढाएका थिए ।
लिपुलेक र कालापानी भूमि फिर्ता लिइन्छःप्रधानमन्त्री
प्रधानमन्त्री ओलीले भारतले सडक बनाएको लिपुलेक क्षेत्र नेपालको भएको बताएका छन् । भूमि बिबादित नभएको भन्दै त्यो भू भाग नेपालको भएको भन्दै लिपुलेक र कालापानी भुभाग छिट्टै फिर्ता ल्याउने संसदमा प्रतिबद्धता जनाएका छन् । सरकार कुनै हालतमा नझुक्ने भन्दै तथाकथित राष्ट्रबाद देखाउन मात्रै यो बिषय निती तथा कार्यक्रममा भूमि फिर्ताको बिषय उल्लेख गरेको बताए । सरकारले नक्सा पारित गरिसकेको भन्दै एक दुई दिनमै नक्सा जारी हुने पनि संसदमा जानकारी गराए । अन्य बिषमा कुरा पछि गरेपनि भूमि संम्बन्धि संविधान संशोधन तत्काल गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए । संसदले संविधानको भाग ३ संशोधन भएका दिन घर–घरमा दिपावली गरिने समेत बताए । उनले भूमि फिर्ता ल्याउन र संविधान संशोधनका लागि सबैले सहयोग गर्ने बिश्वास ब्यक्त गरे ।
कोरोना फैलन नदिन सर्तकता अपनाइएको छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको रोकथामका लागि सरकारले निरन्तर काम गरिरहेको बताएका छन् । सांसदहरुले कोरोना छ की छैन् भन्ने जस्तो सांसदहरुले उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले कोरोना तितो यर्थात भएको भन्दै मानव जातिले कोरोनालाई परास्त पार्न सबै लाग्नुपर्ने बताए । निकट भबिष्यमै कोरोना नियन्त्रण नहुने बिज्ञहरुले बताएको भन्दै नेपालीहरुले बैज्ञानिक ढंगले आफना आनीबानी सुधार गर्नुपर्ने बताए । कोरोनाकै कारण राजस्व नउठेको ब्यवसायी नचलेको र रेमिट्यान्स पनि नआएको भन्दै अर्थतन्त्रमा गम्भिर नकरात्मक असर परेपनि सरकारले कारोनालाई निको पार्दे समाजको आर्थीक क्रियाकलाप पनि चलाउने बताए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री ओली
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्