Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

दैलेखमा कोरोनाकै कारण थप एक जनाको मुत्यु,संक्रमतिको संख्या १४ सय २५ पुग्यो


काठमाडौं । दैलेख जिल्लाको दुल्लु नगरपालिका–७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । शनिबार बिहान दुल्लु नगरपालिका–११ का ३५ वर्षीय ती युवकको क्वारेन्टाइनमा मृत्यु भएको हो । तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो । भारतबाट फर्किएका उनी क्वारेन्टाइनमा बसेको १० दिन भएको थियो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या सात पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १–१ जनाको मृत्यु भएको थियो ।
त्यस्तै, शनिबार मात्र यसअघि १९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय २५ पुगेको छ । यसअघि स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर बिकास देवकोटाले गत चौविस घण्टामा १ सय ८५ पुरुष र ४ जना महिलामा कोरोना पोजेटिभ देखिएको बताएका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा शनिबार सबैभन्दा बढी १ सय २४ जनामा पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका सबैभन्दा धेरै ७७, धनुषाका ७, झापा १, ललितपुर १, महोत्तरीका ४ र रौतहटमा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै, सर्लाहीका १७, सिरहाका ११ जना जनामा पनि कोरोना पोजटिभ देखिएको छ । रुपन्देहीमा भएको परीक्षणमा ३६ जनालाई कोरोना पोेजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका मात्रै २९ जना रहेका छन् । विपि कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा १३ र कपिलवस्तुका ३ जनामा पोजेटिभ देखिएको छ । वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ जना जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । विराटनगराको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ ।
करिव एक लाख ७४ हजारमा परिक्षण
नेपालमा अहिलेसम्म कूल १ लाख ७३ हजार ७ सय ८४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ६६ हजार ७ सय २९ जनाको पिसीआर परीक्षण र १ लाख ७ हजार ५५ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ७५ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट १ हजार ५ सय ७७ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ४ हजार १ सय ५२ वटा परीक्षण भएको छ । अहिलेसम्म प्रदेश एकमा ११ हजार ७ सय ४७, प्रदेश दुईमा ६ हजार ८ सय १८, बागमति प्रदेशमा २५ हजार २ सय ३१, गण्डकी प्रदेशमा ८ हजार ४ सय ५८, प्रदेश पाँचमा २० हजार १ सय ८५, सुदूरपश्चिम प्रदेशमा २१ हजार ६ सय १७ र कर्णाली प्रदेशमा १२ हजार ९ सय ९९ जनाको र्यापिड टेस्ट गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १ लाख १० हजार ७८ जना रहेका छन् । बागमति प्रदेशमा सबैभन्दा कम जम्मा १ हजार ९ सय ५४ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश पाँचमा करिब ३२ हजार ३ सय ७३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

शनिबार प्रदेश एकमा १३०, प्रदेश दुईमा ४ सय ४२, बागमति प्रदेशमा १५, गण्डकी प्रदेशमा १७, प्रदेश पाँचमा ४९६, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा १५ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । अहिले कूल १ हजार १ सय ७६ जनाको उपचार भइरहेको छ । त्यसैगरी अहिलेसम्म २ सय १९ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमध्ये प्रदेश एकमा ३०, प्रेदशमा दुईमा १ सय ४, बागमति प्रदेशमा २८, गण्डकी प्रदेशमा ३, प्रदेश पाँचमा ४२ र सुदुरपश्चिम प्रदेशमा ६ जना रहेका छन् । हालसम्म २ सय १९ जना निको भएर घर फर्किएका हुन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #क्वारेन्टाइनमा मृत्यु

तपाईको कमेन्ट लेख्नुहोस्