Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय


काठमाडौं । सरकारले लकडाउन आगामी जेठ ३२ गतेसम्म लम्ब्याएको छ । शनिबार साँझ बालुवाटारमा बसेको मन्त्रपिरिषद बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको हो । त्यस्तै, बैठकले अन्तराष्ट्रिय सिमा नाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ । यस्तै, विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना पनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदै थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो । सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ
लकडाउन उलंघन बढ्दै, सरकार मिति थप्दै
सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न काठमाडौंमा दुई जना संक्रमित देखिने बित्तिकै लकडाउन सुरु ग¥यो । ६८ दिन पुग्दा नेपालमा कोरोना संक्रमित १ हजार ४ सय नाघेको छ । तर, झन् लकडाउनको पूर्ण पालना गर्नुपर्ने बेला काठमाडौं उपत्यकामा भने लकडाउन ह्वात्तै उलंघन भइरहेको छ । काठमाडौं उपत्यकाको सडक हेर्दा लाग्छ लकडाउन खुकुलो त भएको होइन भन्ने दृश्य देखिएका छन् । तर, लकडाउन जारी नै छ । काठमाडौं उपत्यकामा निजी सवारी साधन र मोटरसाइकल मात्रै होइनन् सरकारी र संस्थानका सवारी साधन पनि बाक्लै गुडेका देखिन्छन् । औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने वा समय तालिका मिलाएर सेवा प्रदान गर्ने व्यवस्था मिलाउने भनिएको छ । तर, यतिबेला बिना तालिका पसलहरु खुलिरहेका छन् । लकडाउन अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै आएका छन् ।

बिभिन्न बाहनामा सडकमा निष्किनेको कमी छैन् । लकडाउन उल्लंघन गर्नेहरुलाई महानगरीय ट्राफिक प्रहरी दिनहुँ पक्राउ गर्दै आएको छ । लकडाउनका बेला सरकारले वितरण गरेको आवात–जावत अनुमति पत्र अर्थात पासको दुरुपयोग पनि बढिरहेको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकी मात्रै गाडी छाड्ने गरेको छ । सरकारलले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । दोस्रो चरणमा चैत २५ सम्म बढाइयो । तेस्रो चरणमा चैत्र २६ देखि वैशाख ३ गतेसम्म पु¥याएको सरकारले चौथो चरणमा वैशाख १५ र पाँचौं चरणमा वैशाख २५ र छैटौं पटक जेठ ५ गतेसम्म थपेको थियो । सातौँ पटक थपेको लकडाउन जेठ २० गतेसम्म छ । तर, एकातिर कोरोना संक्रमित थपिदै जानु र अर्कोतिर लकडाउन उलंघन हुँदै जानुले कोरोनाको त्रास थप बढाएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #लकडाउन’

तपाईको कमेन्ट लेख्नुहोस्