कोरोनाबाट थप दुई जनाको मृत्यु, एकै दिन ३ सय २३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । डोल्पाका ५६ बर्षिय पुरुष र कैलाली धनगढीमा मृत्यु भएकी ५५ बर्षिय महिलाको पनि कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुष दमको रोगी रहेको र उनको जेठ २१ गते मृत्यु भएको थियो । उनी सोही रोगको सुर्खेतमा उपचार गराएर जेठ १९ गते डोल्पा फर्किएका थिए । त्यसपछि होम क्वारेन्टाइनमा रहेका उनको २१ गते मृत्यु हुन पुगेको र मृत्यु पश्चात जेठ २२ गते स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएकोमा कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै धनगढीकी महिलाको मृगौलाको डाइलाइसिस गर्ने क्रममा मृत्यु भएको थियो । उनको स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
एकै दिन थपिए ३२३ संक्रमित
नेपालमा शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिभिन्न जिल्लामा रहेका अस्पतालमा कोरोना परिक्षण गर्दा २२३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । शनिबार मोरंगमा ६, सुनसरीमा ४, सप्तरीमा १, नवलपरासीमा ३, बाँकेमा १२, बर्दियाका २८ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, नवलपरासी सुस्ताका २, भक्तपुरमा १, धनुषामा ८, कपिलबस्तुमा ८, काठमाडौंमा ४, महोत्तरीमा ३५, कास्कीमा, ३, स्यांग्जामा, १०, बाग्लुंगमा १, सुनसरीमा ८, सप्तरीमा ७, बझांगमा ३ कञ्चनपुरमा २, अछाममा १, कैलालीमा २ डडेल्धुरामा १ जनालाई कोरोना पुष्टि भएको छ ।
त्यस्तै, शनिबार दैलेखमा ४३, डोल्पामा १, सुर्खेतमा १७, जाजरकोटमा ४, सल्यानमा ३८, रुपन्देहीमा १७, अर्घाखाचीमा १, रौतहटमा ७ र सर्लाहीमा २७ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा कोरोना ७० जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, स्वास्थ्य
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्