Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

कोरोनाले निम्त्याएको एउटा बिभेद, हवाई मार्ग र पैदल यात्रुलाई ब्यवहार नै फरक


काठमाडौं । भनिन्छ हरेक नागरिक शासकका लागि बराबर हुन्छन्, चाहे गरिब हुन वा धनी । तर विदेशमा होइन, हाम्रै देशमा नागरिकलाई बर्ग विभाजन गरेजसरी बिभेद गरिदैछ । कोरोनाको महामारीसँगै देश लकडाउन छ । अनि विदेशमा अलपत्र परेका नागरिकहरु स्वदेश फर्किरहेका छन् । उनीहरु भन्दैछन्, जे जस्तो दुख कस्ट सहनु परेपनि आफ्नै देशमा भोग्न चाहान्छौँ । तर, आफ्नै नागरिकको हारगुहारलाई सुन्न र समस्याको समाधानमा गम्भिर बन्न नसकेको सरकार कोरोना रोकथाम तथा उपचारमा सेमत कमजोर देखिएको छ । सबै नागरिकमाथी समानताको ब्यावहार गर्न समेत सरकारले सकेको छैन । छिमेकी राष्ट्र भारत हुँदै स्वदेश फर्किएका र हवाई उडान मार्फत देश फर्किएका नेपालीहरु माथी आफ्नै देशको सरकारले फरक फरक ब्यवहार गर्यो ।

कहिँ हिड्दै त कहिँ गाडीबाट निक्कै धेरै कष्ट सहेर स्वदेश फर्किएकाहरुको उद्धार यस्तो भद्रगोल । आउनेक्रममा प्रहरीको लठ्ठि चार्ज सहनुपर्ने । बल्लतल्ल स्वदेश भित्रियो बस्ने क्वारेन्टाइन र खाने बस्ने व्यवस्था नै भद्रगोल दृश्यले आफै देखाइरहेको छ, सरकार आफ्नै नागरिकको समस्यामा गम्भिर छैन । खुल्ला आकासमा बस्नुपर्ने छाप्रोमा सुत्नुपर्ने । भारतहुँदै नेपाल भीत्रिएका नागरिकलाई त लठ्ठी नै बर्साएको देखियो ।

पहिलो कुरा नेपाल प्रवेशमै समस्या, बल्लतल्ल आउन पाउँछन्, क्वारेन्टाइनबाटै कोरोना सर्ने खतरा । बस्ने र खाने कुनै ठेगान छैन । भारतहुँदै नेपाल भित्रिएका अधिकांश नागरिक यो पीडाबाट गुज्रिएका छन् । यता, भारत बाहेकका देशबाट नेपाल आउने नागरिक भने सरकारको मेजमानीमा छन् । कोरोनाको कहर सुरु भएसँगै चीनबाट विद्यार्थीहरुको उद्धार भयो । उनीहरुलाई सुरक्षित तरिकाले भक्तपुरको खरिपाटीस्थित व्यवस्थित क्वारेन्टाइनमा राखेर सम्मानपूर्वक विधाई गर्दै घर पठाइयो ।

यतिमा मात्रै सिमित भएन सरकारले आफ्नै नागरिकमाथी गरेको विभेद । म्यानमार, युएई मलेसिया, खाँडी अस्टेलिया लगायतका देशबाट प्लेन चढेर स्वदेश फर्किने क्रम सुरुवात भएसँगै अर्को बिभेदको झल्को देखिन थाल्यो । प्लेन चढेर विमानस्थल झरेकाहरु नेपाली सेनाको स्केटिङमा व्यवस्थित र सुविधायुक्त होल्डिङ सेन्टरमा पुर्याइए । यसरी आउनेलाई क्वारेन्टाइनमा बस्न, होटल क्वारेन्टाइनको सुविधा । होला समस्यामा पर्यौँ भन्दै प्लेन चढेर नेपाल आउनेले पैसा खर्च गरे होलान्, उनीहरुले भारतबाट आउनेभन्दा टन्न कमाएपनि होलान् । तर, संकटको बेला राज्यले पैसा हुने वा नहुनेका नाममा, खर्च ब्यहोर्ने वा ब्यहोर्न नसक्ने नागरिककका नाममा कित्ताकाट गरेको व्यवहार भने असैह्य छ ।

सरकार कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको दाबी गरिरहेको छ । तर कोरोना रोकथाम त परको कुरा भारतहुँदै नेपाल आएर क्वारेन्टाइन र आइसोलेसनमा बसेकाहरुको बिजोक अवस्थाले देखाउँछ । सरकार आफ्ना नागरिकको जीउ धनको रक्षमा गम्भिर होइन्, बेमतलबी देखिएको छ भन्ने ।

संघीय सरकारले तेश्रो मुलुकका नेपालीको उद्धारका नाममा आफ्नै जनतामाथी चरम बिभेद र अन्याय गदैगर्दा अधिकांश प्रदेश यतिबेला कोरोना रोकथाममा असफल बनेका छन् । प्रभावकारी योजना र जोखिमको आँकलनमै चुकेको केन्द्र सरकार मात्रै होइन, प्रदेश र हरेक स्थानीय तहले भारतबाट आएका र तेश्रो मुलुकबाट आएका आफ्नै नागरिकमाथी विभेद गरेका दृश्यहरुले कम्युनिष्टको समानताको नारालाई फगतको गफ जस्तै बनाइदिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #breeking

तपाईको कमेन्ट लेख्नुहोस्