संविधान संशोधन बिद्येयक संसदबाट सर्वसम्मत पारित

काठमाडौं । नेपालको अध्यावधिक नक्सा निशान छापमा समेट्न संविधान संशोधन बिद्येयक संसद्बाट सर्वसम्मत पारित भएको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक मतदान मार्फत सर्वसम्मत पास गरेको हो । प्रतिनिधिसभा बैठकमा तत्काल रहेका २ सय ५८ सांसदले मतदान गरेका हुन् । बिपक्षमा शुन्य मत परेको छ । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समेट्न प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको हो ।
संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे । सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरिएको थियो ।
राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फर्कायोः प्रचण्ड
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याएको दाबी गरेका छन् । संशोधन विधेयकको दफावार छलफलमा अध्यक्ष प्रचण्डले राजतन्त्रले नै भूमि गुमाएको भन्दै गणतन्त्रले ल्याएको दाबी गरेका हुन् । उनले संविधान संशोधन गरेर आफूहरु भारतसँग दुरी बढाउन नचाहेको बताए । आफूहरुले अहिले पनि राजनीतिक र कूटनीतिक सम्वादबाटै नेपाल भारत सीमा विवाद समाधान गर्न चाहेको प्रचण्डले बताए । पछिल्लो समय हरेक सरकारले सीमा विवादलाई वार्तामार्फत समाधान गर्न चाहेपनि नयाँ नक्सा ल्याएर तथा लिपुलेकमा बाटो उद्घाटन गरेर भारतले नेपाललाई एकतावद्ध हुन र गुमेको भूमि फिर्ता ल्याउन नकारात्मक चुनौती दिएको बताए । संविधान संशोधन गर्नुको अर्थ भारतसँग दुरी बढाउनु नभएको प्रचण्डले बताए ।
सधैं सार्वभौमसत्ता र अखण्डताको पक्षमाः देउवा
प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताए । सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको देउवाले प्रष्ट पारे । सभापति देउवाले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने बताए । अरू विषयमा आफू नबोल्ने भन्दै छोटो सम्बोधन गरेका देउवाले राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन रहने देउवाले बताए ।
महाकाली सन्धिमा राष्ट्रघातः यादव
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको बताए । उनले कांग्रेस र कम्युनिस्टका नेताहरूले जनतासँग माफी माग्नुपर्ने बताए । सुगौली सन्धि आफैँमा अपमानजनक भएको अध्यक्ष यादवको भनाई थियो ।
मधेसी जनताले सीमाको रक्षा गरेका छन्ः महतो
जनता समाजबादी पाटीका सांसद राजेन्द्र महतोले संविधानमा आफूहरुको असहमति भएपनि नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन प्रस्तावको समर्थन गर्ने बताए । संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै महतोले संविधानप्रति आफूहरुको असहमति रहेपनि अहिले राष्ट्रियता र भूमिको सवाल उठेको भन्दै सबै असन्तुष्टिलाई थाती राख्दै नयाँ नक्सासम्बन्धी प्रस्तावलाई सहर्ष समर्थन गरेको बताए । सधैं मधेसी जनताले सीमाको रक्षा गर्दै आएको भन्दै आफूहरुको राष्ट्रियतामा प्रश्न नगर्न चेतावनी समेत महतोले दिए । उनले नयाँ नक्सासँगै जमिन फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका थिए । संसदमा बोल्ने सबै सांसदले भारतसँग कुटनितिक रुपमा वार्ता गरेर भूमि तत्काल फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #संविधान संशोधन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्