गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पोजेटिभ,प्रदेशमा कुल संक्रमित संख्या २२३

काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार बिहान थप १८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित संख्या २ सय २३ पुगेको छ । संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बस्दैआएका थिए ।
गोरखामा १०, स्याङ्जामा ४, नवलपरासी बर्दघाट सुस्ता पूर्व २, कास्की १ र बागलुङ १ सहित १८ जनामा कोरोना संक्रमण देखिएको हो । तीमध्ये गोरखा नगरपालिकाकी ३१ वर्षीया महिला छन् । अरु सबै १७ जना पुरुष छन् । गोरखामा भेटिएकामध्ये गोरखा नगरपालिकाका वर्ष २१, २५, २९, ३२, २६, ३५ र ५३ वर्ष उमेर समूहका छन् भने बारपाक सुलिकोट गाउँपालिकाका वर्ष २५ र ५३ का पुरुष छन् ।
स्याङ्जा चापाकोट नगरपालिकाका वर्ष १८ का २ जनासहित वर्ष ३५ र ३९ जना पुरुष छन् ।नवलपरासी बर्दाघाट सुस्ता पूर्व को विनयत्रिवेणी गाउँपालिकाका वर्ष १८, कास्कीको पोखरा महानगरपालिकाका वर्ष २१ र बागलुङको ताराखोला गाउँपालिकाका वर्ष ३४ का पुरुषमा संक्रमण भेटिएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #गण्डकी प्रदेश
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्