मंगलबार थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडौं । नेपालमा मंगलबार एकै दिन ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न जिललाका गरी ३ सय ८० जना नयाँ संक्रमित थपिएको जानकारी दिए । यो सँगै नेपालमा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ।
उनीहरु मध्ये ४ सय ९९ जना महिला र ६ हजार ९२ जना पुरुष रहेका छन्। पछिल्लो चौबिस घण्टामा १ सय ९ जना पुरुष र ८ महिला गरी १ सय १७ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। योसंगै नेपालमा उपचारपछि निको हुनेको संख्या १ हजार १ सय ८५ पुगेको छ । हालसम्म १ लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा रहेका छन् । ७३ जिल्लामा कोरोना भाइरस फैलिदा नेपालमा १९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्