स्वास्थ्य मन्त्रालय भन्छः भदौसम्म ३९ हजार कोरोना संक्रमित पुग्न सक्ने

काठमाडौं । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दै गएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डरलाग्दो तथ्यांक अनुमान गरेको छ । नेपालमा कोरोना भाइरसले महामारीको रुप लिए आगामी भदौ पहिलो सातासम्म ३९ हजार संक्रमित पुग्ने सक्ने आंकलन मन्त्रालयले गरेको हो । मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा साउन अन्तिम सातादेखि भदौको पहिलो साता कोरोना संक्रमिण उच्च विन्दुमा पुग्न सक्ने सरकाररी विश्लेषण छ । सो समयसम्म नेपालमा ३९ हजार संक्रमित हुनसक्ने भन्दै स्वास्थ्य सामाग्री र अस्पतालहरुको व्यवस्थापन गर्न लागिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विज्ञहरुको भनाइमा एकदमै खराब अवस्था आयो भने ३९ हजारसम्म संक्रमित संख्या पुग्ने अनुमान गरिएको बताएका हुन् ।
कोरोना संक्रमितको संख्यालाई १५ हजारभित्र समिति राख्न सकिन्छ भन्ने रणनीति अनुसार काम गरेको भएपनि त्यो बढ्ने देखिएको मन्त्री ढकालले जनाकारी दिए । अहिले कोरोना पहिचान भएका अधिकांश कोरोना संक्रमित क्वारेन्टिनमा छन् । तर, पछिल्लो समय क्वारेन्टिन स्थलहरु नै कोरोना सार्ने अखडा बन्न थालेको र त्यहाँ भएकाहरुलाई आरडीटी गरेर घर पठाउँदा संक्रमण समुदायमा पुग्न सक्ने खतरा कायमै छ ।
साथै ट्राभल हिस्टी नभएकाहरुमा पनि संक्रमण देखिन थालेको छ । कतिपयमा मृत्यु भइसकेपछि मात्र कोरोना संक्रमण पुष्टि भएका छन् । भदौ पहिलो सातासम्म ३० हजारसम्म सङ्क्रमित हुने आंकलन गरेर पूर्व तयारी थालेको छ । संक्रमित हुँदा थप हुँदा चाहिनसक्ने सघन उपचार कक्ष आईसीयू र भेन्टिलेटर लगभग तयार छ । अहिले एक हजार भेन्टिलेटर र १ हजार८ सय आईसीयू छन् । अव दैनिक १० हजार पिसिआर परिक्षण गर्ने तयारी पनि मन्त्रालयले गरिरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #संक्रमितको संख्या ह्वात्तै
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्