पिसिआर परिक्षण घट्दा संक्रमितको संख्या पनि घट्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार बिहिबार ४ हजार ५ सय ३७ वटा पिसिआर परिक्षण भयो । योसँगै नेपालमा ५ लाख ३८ हजार ३ सय ८४ वटा कोरोना परीक्षण गरिएको छ । तिमध्ये २ लाख ३७ हजार ७ सय ६४ वटा पिसिआर र ३ लाख ६ सय २० वटा आरडिटी परिक्षण भएको हो । देशभर २२ वटा प्रयोगशालमा कोरोना परिक्षण भइरहदा समेत पिसिआर परिक्षणको दायरा ह्वात्तै घटाइएको छ । देशभरका क्वारेन्टिनमा ३८ हजार १ सय ९ जना रहेका छन् । तर, उनीहरुको परिक्षण समयमै भएको छैन् । परिक्षणको दायरा घटेसँगै एकसाता एकअघि देखिएको संक्रमणदर पनि ह्वात्तै घटेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भयो । साढे सात हजार परिक्षण गर्दा पाँच सयभन्दा बढी संक्रमित फेला गरेका थिए ।
हालसम्म कूल संक्रमितको संख्या १४ हजार ५ सय नाघेको छ । उपचारपछि निको हुनेको संख्या ५ हजार तीन सय नाघेको छ भने मृत्यु हुनेको संख्या ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कूल संक्रमितमध्ये १० हजार १ सय ३७ जनाको आइसोलेनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्रीले असार १५ गतेदेखि दैनिक १० हजार पिसिआर परिक्षण गरिने बताएपछि झनै परिक्षणको दायरा घटेको छ । क्वारेन्टिनमा रहेका ब्यक्तीको समेत रिपोर्ट आउन ढिला भएको भन्दै आलोचना भइरहदा सरकारले भने परिक्षणदर घटाएको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, स्वास्थ्य
ट्याग : #पिसिआर परिक्षण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्