Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

मन्त्रीहरुलाई प्रधानमन्त्रीको नयाँ ब्रिफिङः राष्ट्रपति हटाउन खोजियो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरुको छलफलमा नयाँ कुरा खोलेका छन् । प्रधानमन्त्री ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर नयाँ कुरा खोलेका हुन् । उनले पार्टीभित्रैबाट राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरु हुन थालेपछि संसद बैठकको बर्षे अधिबेशन अन्त्य गरेको बताएका हुन् । पाटी एकता जटिल मोडमा पुगेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो बेलामा आफूले मन्त्रीहरुलाई तपाईहरु कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने समेत मन्त्रीहरुलाई बताएका छन् । संसद निरन्तर चले राष्ट्रपतिविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने त्रासमा संसद अधिबेशन अन्त्य गरेको बताइएको छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्नुपूर्व शीतल निवासमा राष्ट्रपतिलाई पनि भेटेका थिए । आफूलाई प्रधानमन्त्री र अध्यक्ष दुबैबाट राजीनामा दिन भनिरहेको तर त्यो सम्भव नभएको कुराले पार्टी एक भएर जाने संम्भावना न्यून रहेको ओलीले मन्त्रीहरुलाई बताएका छन् । प्रधानमन्त्री ओलीले आफूलाई हटाउन अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइन भइरहेको र यसमा भारत पनि लागेको कुरा मन्त्रीहरुलाई जानकारी दिएका थिए । पार्टीभित्र देखिएको विवादले झनै उग्ररुप लिनसक्ने भन्दै आफूलाई सहयोग गर्न मन्त्री र राज्यमन्त्रीलाई ओलीले आग्रह गरेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #प्रधानमन्त्री केपी शर्मा

तपाईको कमेन्ट लेख्नुहोस्