राजनीतिक कार्यकर्ता भर्ती रोक्ने प्रयास, संस्थानले करार र ज्यालादारीमा कर्मचारी राख्न नपाउने

काठमाडौं । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि गरेको लकडाउनका कारणका कारण अर्थतन्त्र धरासायी भएको भन्दै सरकारले कर्मचारी भर्ना नगर्ने निर्णय गर्यो । जसका कारण लोकसेवाबाट लिइने परिक्षा समेत स्थगित गरिएको छ । लोकसेवा आयोगको परिक्षा स्थगित भएपछि अव नेताहरुको भर्ती केन्द्र संस्थान हुने भन्दै सरकारले सार्वजनिक संस्थानहरुमा हुने कार्यकर्ता भर्तिको प्रवृत्तिलाई निरुत्साहित गर्ने तयारी गरेको छ । अब संस्थानमा स्वीकृति दरवन्दीबाहेक करार, दैनिक ज्यालादारी र अस्थायी पदमा नियुक्ति नगर्न अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरुलाई निर्देशन दिएको छ ।
कोरोना भाइरसका कारण आर्थिक समस्यमा भोगिरहेको सरकारले सार्वजनिक खर्च कटौतीको लागि यस्तो कदम चालेको हो । बजेट कार्यान्वयनका सन्दर्भमा अर्थ मन्त्रालयले सार्वजनिक, संस्थान, बोर्ड, समिति तथा प्राधिकरणहरुका लागि निर्देशन जारी गरेको छ । अर्थ मन्त्रालयले हरेक सार्वजनिक संस्थानले व्यवसायिक वार्षिक कार्ययोजना तयार पार्नुपर्नेछ । कार्ययोजना साउन १५ गतेभित्र सञ्चालक समितिले स्वीकृत गर्नुपर्नेछ । त्यसको एक प्रति तालुक मन्त्रालय र अर्थ मन्त्रालयमा समेत पठाउन अर्थले संस्थानहरुलाई निर्देशन दिएको छ । साउन महिना भित्र संस्थानहरुमा प्रमुख कार्यकारी अधिकृतले सञ्चालक समिति समक्ष र शाखा प्रमुखले प्रमुख कार्यकारी अधिकृतसँग कार्य सम्पादन सम्झौता गर्नुपर्ने छ । संस्थानले कर्मचारीले सम्पादन गर्नुपर्ने कामको स्पष्ट विवरण र कार्यसूचकको निर्माण गरी संस्थानको कार्य सम्पादनलाई कर्मचारीको वृत्ति विकाससँग आवद्ध गर्न समेत निर्देशन दिएको छ । कर्मचारीलाई लामो समयसम्म संस्थानहरुले काजमा खटाउन नपाउने गरी अर्थले निर्देशन दिएको हो । संस्थानहरुमा कर्मचारीको सेवा सुविधा बढाउनु परे अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्नेछ ।
कम्पनीको खुद मुनाफा, संचित नाफा, प्रतिस्पर्धी बजार र उत्पादकत्वलाई समेत आधार मानि तालुक मन्त्रालयमार्फत अर्थको स्वीकृति लिनुपर्ने गरी प्रावधान बनाइएको छ । कुनै पनि संस्थानले कार्यालय समयमा हुन सक्ने कामलाई अतिरिक्त समयमा सार्न पाउने छैनन् । तर, विशेष प्रकृतिको छिटो सम्पन्न गर्नुपर्ने कामका लागि अतिरिक्त काम गर्नुपर्ने भए नतिजा देखिने गरी स्पष्ट कार्ययोजनाका साथ मात्र काम गर्नुपर्ने निर्देशन अर्थबाट आएको छ । त्यस्तै, अर्थमन्त्रालले अत्यावश्यक बाहेक नयाँ सवारी साधन खरीद नगर्न संस्थानहरुलाई निर्देशन दिएको छ । संस्थानको जग्गा, भवन, मेसिनरी, सवारी साधन र अन्य सम्पत्तिको अधिकतम उपयोग गरी दुरुपयोग हुन नदिन समेत निर्देशन दिइएको छ । उपयोगमा नरहेका सम्पत्ति भने लिलामीमा लैजान भन्दै अर्थले सम्पत्ति, दायित्व, शेयर तथा ऋणको विवरण अध्यावधिक गरी दुरुस्त राख्न समेत निर्देशन दिइएको छ ।
जग्गा, भवन र अन्य भौतिक सम्पत्तिको विवरण प्रत्येक आर्थिक वर्षको साउन १५ भित्र अर्थ मन्त्रालयमा पठाउन समेत निर्देशन दिइएको छ । संस्थानमा गैरव्यवसायिक प्रकृतिको गोष्ठि, सेमिनार, भ्रमण, विज्ञापनलगायत सबै प्रकारका सञ्चालन खर्च समेत काट्न अर्थले संस्थानहरुलाई निर्देशन दिएको छ । । निर्देशन अनुसार अब दरबन्दीबाहेक स्थानमा संस्थानले करारमा कर्मचारी भर्ति गर्न पाउने छैनन् । पछिल्लो समय संस्थानहरुलाई पार्टीहरुले राजनीतिक कार्यकर्ता भर्ना गर्ने स्थल बनाएका थिए । जसले संस्थान काम भन्दा पनि राजनीतिक थलो बनेका छन् । संस्थानमा राजनीति भित्रिएपछि नाफा भन्दापनि घाटा भइरहेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, लाेकसेवा/जागिर
ट्याग : #संस्थान
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्