काठमाडौं उपत्यकामा भित्रिदैछ गाउँबाट कोरोना, भित्रिनेहरुमध्ये २५ जनामा संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको छ । सीमा नाकामा परिक्षण गर्दा एकै दिन २५ जनामा कोरोना पुष्टि भएपछि गाउँबाट राजधानीमा कोरोना भित्रिरहेको फेला परेको हो । स्वास्थ्य मन्त्रालयले सीमानाकाबाट उपत्यका भित्रिनेहरुमध्ये ३ हजार ७ सय १३ जनाको परीक्षण गरिएकोमा बिहिबार २४ र शुक्रबार १ गरी २५ जनाको पीसीआर रिर्पोट पोजेटिभ आएको छ ।
सागाँबाट ३ हजार ९ सय ७८, फर्पिङबाट १ हजार ३ सय ७ र थानकोटबाट ५ हजार ७ सय २० जनाको नमुना संकलन गरिएको थियो। हाल सीमा नाकाबाट काठमाडौँ भित्रिने मानिसहरुको संख्यामा कमी आएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै मन्त्रालयले मास्क प्रयोग नगर्ने २ लाख जनालाई कार्वाही गरिएको बताएको छ।
काठमाडौंमा ३८ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौँका ३२, ललितपुरका पाँच र भक्तपुरका एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ३ तथा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २२४ जनामा संक्रमण
नेपालमा शुक्रबार थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ। झापाका १३, मोरङका १५, धनुषाका १, बाराका ४, सर्लाहीका १, पर्साका ४१, रौतहटका ३, बझाङका २५, कैलालीका १५, काठमाडौँका ३२, नुवाकोटका २, ललितपुरका ५, भक्तपुरका १, नवलपरासीका २, मकवानपुरका १ जना रहेका छन्।
यस्तै दार्चुलाका १६, कञ्चनपुरका १८, सप्तरीका १, कास्कीका ३, म्याग्दीका २, तनहुँका १, गुल्मीका २, रुपन्देहीका १, बाँकेका १, दैलेखका २, दाङका ३, बैतडीका १० तथा डोटीका ३ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना भाईरसको संक्रमण निको भएर थप १ सय ५१ जना संक्रमित डिस्चार्ज भएका छन । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १४ हजार ३ सय ९९ पुगेको छ।
मृत्यु हुनेको संख्या ५६ पुग्यो
नेपालमा कोरोना बाट एकैदिन ४ जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुषको साउन १५ गते मृत्यु भएको हो । मुटुको रोगी ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । साउन ६ गते कोरोना पुष्टि भएपछि उनलाई ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो ।
यस्तै, वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ का ३५ वर्षका पुरुषको साउन १५ गते नै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साउन ५ गते नीजि क्लिनिक हुँदै तराई अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पताल भर्ना भएका थिए । १३ गते अस्पताल भर्ना उनको नमुना संकलन गर्दा १५ गते नै कोरोना पुष्टि भएको थियो ।
यस्तै, वीरगञ्ज–२ का ६५ वर्षीय अर्का पुरुषको पनि साउन १५ कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा। गौतमले बताए । उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।यस्तै, वीरगञ्ज ११ स्थायी घर भइ ललितपुरको थसिखेल ५ बस्ने महिलाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको छ । मधुमेहका विरामी ती महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि स्टार अस्पतालमा भर्ना भएकी थिइन् । साउन ६ गते कोरोना पुष्टि भएपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #भित्रिदैछ गाउँबाट कोरोना
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्