काठमाडौं उपत्यकामा ३१ सहित २४६ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ११ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १४ हजार ६ सय ३ रहेको छ । कुल संक्रमित मध्ये ७२ दशमलव १ प्रतिशत कोरोना संक्रमण मुक्त भएका हुन् । अहिले ५ हजार ६ सय ७२ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार का्रोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्य भएको छ । पर्साका ६८ बर्षीय महिलाको मृत्य भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ५७ निधन भएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ६१ पिसिआर परिक्षण भएको छ । उपत्यका भित्रने तीनवटा नाकाबाट १० हजार ८ सय २७ जनाको संकलन भई विभिन्न प्रयोगशालामा परिक्षण भैरहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोनाको उच्च जोखिम रहेको भन्दै उतिआवश्यक नभई घरबाट ननिस्कन आग्रह गरेको छ । १२ बर्ष मुनिका बालबालिका र ६० बर्ष माथिका जेष्ठ नागरिहरुलाई घरबाट बाहिर ननिस्कन मन्त्रालयले आह्वान गरेको छ ।
मन्त्रालयले आडिटि विधिबाट कुनै पनि अस्पतालहरुलाई परिक्षण नगर्न सचेत गराएको छ । देशभरका २७ वटा प्रयोगशालामा कोरोना परिक्षण भैरहेको छ । देशैभरका क्वारेन्टिनका १० हजार ९ सय ३४ जना रहेका छन् । अहिले सम्म कुल अहिलेसम्म कूल ७ लाख ३ हजार ६ सय ७४ वटा कोरोना परीक्षण सम्पन्न भएको छ । तिमध्ये ३ लाख ९१ हजार २ सय ७० वटा पिसिआर र ३ लाख १२ हजार ४ सय २ वटा आरडिटी परिक्षण सम्पन्न भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #काठमाडौं उपत्यका, #कोरोना भाईरस
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्