कोरोना भाइरस फैलिएपछि सर्तकता अपनाइदैं, १४ जिल्लामा निषेधाज्ञा

काठमाडौं । बिभिन्न जिल्लामा कोरोना संक्रमण फैलिदै गएपछि स्थानीय तहले लकडाउन गर्न थालेका छन् । स्याङ्जामा कोरोना सङक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले लकडाउन गरेको छ प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले निकालेको सूचनामा साउन २९ गतेसम्म अत्यावश्यक बाहेकका वस्तु तथा सेवा प्रवाह नगर्न र नगराउन निर्देशन दिएका छन् । सार्वजनिक ठाउँमा मास्क नलगाउने, दूरी कायम नगर्ने, भेला, गोष्ठी, सेमिनार, भोजभतेरलगायतका काम गरेको भेटिए कारबाही हुने प्रशासनले जनाएको छ । नुवाकोटमा पनि आवागमनमा कडाइ र सार्वजनिक सेवा प्रवाह कटौती गरिएको छ ।
संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयअनुसार आजदेखि जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका गाडी अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाइएको छ । नुवाकोट र स्याङ्जासहित कोरोना संक्रमण बढेका १४ जिल्लामा निषेधाज्ञा जारी भएको छ । यतिबेला पर्सा, बारा, बाँके, सर्लाही, सप्तरीमा जिल्लाभर तथा धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलामा पनि कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको छ ।
धनुषाको जनकपुर उपमहानगर र छिरेश्वरनाथ नगरपालिकाका केही क्षेत्र, मोरङको विराटनगर महानगर, महोत्तरी सदरमुकाम जलेश्वर आसपास, झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिका, बझाङका थलारा गाउँपालिका–५ र केदारस्युँ गाउँपालिका–६ र ७ मा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएका छन् । सुनसरीको धरान उपमहानगरपालिकाले पनि लकडाउन घोषणा गरेको छ । सरकारले देशभर लकडाउन नगर्ने, तर संक्रमण बढी देखिएका ठाउँमा लकडाउन गर्ने योजना बनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण, #पर्सा, #बाँके, #बारा, #सर्लाही, #स्थानीय तहले लकडाउन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्