पर्सामा ४३ थुनुवासहित १ सय ४२ जनामा कोरोना पुष्टि

काठमाडौं । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा हुन् । वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका थप तीन जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा २२ जना महिला छन् । संक्रमितमध्ये तीन जना बारा र चार जना रौतहटका छन् । २९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन् । आर्मी ब्यारेकका थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।
बिहीबार पत्ता लागेका संक्रमितमध्ये २८ जना वीरगन्ज महानगरपालिका–२८ सिर्सिया, खल्वा टोलाका हुन् । गत साउन १८ मा महानगरपालिकाले वडामा ‘मास ट्रेसिङ’ गरी स्वाब संकलन गरेको थियो । वीरगन्ज–१० अशोकवाटिकामा १० जना र आदर्शनगरमा थप ३ जनामा संक्रमण देखिएको छ । १० संक्रमित वीरगन्जको श्रीपुर र मर्लीका बासिन्दा हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्