Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

कोरोना कहर : बाँकेमा एक जनाको मृत्यु, चितवनमा ४२ शसस्त्र प्रहरी सहित ५० जनामा संक्रमण


काठमाडौं । बाँकेमा कोरोनाबाट थफ एक जनाको मृत्यु भएको छ। सोमबार राति साढे ११ बजे नेपालगञ्ज–५ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । साउन ३० गतेदेखि उनीमा कोरोनाको लक्षण देखिएको थियो। ३२ गते नेपालगञ्ज मेडिकल कलेज भर्ना गरेर स्पतालले स्वाव लिएर परीक्षण गर्न पठाएको थियो। दिउँसो कोरोना पोजिटिभको रिपोर्ट आएका ती व्यक्तिको राती नै मृत्यु भएको अस्पतालले बताएको छ । बाँकेमा यसअघि नरैनापुर, बैजनाथ, कोहलपुर गरी ४ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

त्यस्तै, चितवनको राप्ती नगरपालिका भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ। उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ। यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको थियो ।

६० जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको हो । बाहिनीमा ३ सय भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । प्रयोगशालाका अनुसार ५० सङ्क्रमितमध्ये ४६ जना चितवनका रहेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण, #सशस्त्र प्रहरी

तपाईको कमेन्ट लेख्नुहोस्