नेपालमा कोरोना संक्रमण थप खराव हुने डब्लुएचओको संकेत, एकैदिन ८ सय ५५ जनामा संक्रमण

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा कोरोना संक्रमणको अवस्था अहिलेको भन्दा अझ् खराब हुने भविष्यवाणी गरेको छ । डब्लुएचओका नेपालस्थित कार्यालयका प्रतिनिधि डाक्टर जोस भ्यानडिलिएरले नेपालमा परिस्थिति अझ् नराम्रो हुने बताएका हुन । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा प्रवक्ता डाक्टर जागेश्वर गौतमलाई अन्तरवार्ता दिँदै भ्यानडिलिएरले अध्ययनले नेपालमा परिस्थिति अझै नराम्रो हुन सक्ने देखाएको बताएका हुन् ।
भ्यानडिलिएरले आगामी दिन, हप्ता र महिनामा धेरै नै केसहरू देखिने अध्ययनले देखाएको बताए । उनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईंमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताएका छन् । उनले केन्द्र सरकारले मात्र कोरोनाविरुद्धको लडाईं जित्न नसक्ने भन्दै यसमा प्रदेश र स्थानीय सरकारको भूमिका प्रभावकारी राख्नुपर्नेमा समेत जोड दिदै कोरोना संकटमा स्वास्थ्य संगठनले नेपाललाई निरन्तर सहयोग गरिरहने आश्वासन समेत दिएका छन् ।
यस्तै, मंगलबार नेपालमा कोरोनाभाइरसबाट थप ७ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौंमा ३ तथा सिरहा, पर्सा, धनुषा, र रुपन्देहीमा १–१ जना गरी ७ जनाको मृत्यु भएको जानकारी दिए । कोरोनाका कारण काठमाडौँ महानगरपालिका वडा २१ का कांग्रेस उम्मेद्वार गोविन्द रञ्जितको मृत्यु भएको छ । वडा २१ को कांग्रेस कार्यसमिति सभापतिसमेत रहेका रञ्जितको मंगलबार कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ११ हजार तीन सय २७ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गर्दा ८ सय ५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । ३ सय १३ जना एकैदिन डिस्चार्ज भएपछि हालसम्म निको हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ । काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण अझै घट्न सकेको छैन् ।
काठमाडौं उपत्यकामा २ सय ३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १ सय ९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका हुन् । यसैगरी आइसोलेशनमा १४ हजार २ सय ५० जना रहेका छन् । जसमा होम आइसोलेशनमा ५ हजार ५ सय ७९ र संस्थागत आइसोलेशनमा ८ हजार ५ सय ८१ जना रहेका छन् । सात जिल्लामा ५ सय बढी संक्रमित रहेका छन । मोरङ, पर्सा, बारा सर्लाही, रौतहट, महोत्तरी र काठमाडौंमा ५ सय बढी संक्रमित छन । मुस्ताङ र हुम्ला संक्रमणमुक्त रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #भ्यानडिलिएर, #विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्