सभापति देउवा बिभागमा नियुक्ति गर्न ब्यस्त, बरिष्ठ नेता पौडेल अनसनको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनलाई प्रभावित पार्ने गरी चरणबद्ध आफू अनुकूलका निर्णय गरेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको छ । देउवाले मनोमानी निर्णय गरेका जिल्लाहरूमा पहिलो चरणमा अनसशन बस्ने सम्मको चेतावनी पौडेल पक्षले दिएको छ । डडेल्धुरा, ओखलढुंगा सिन्धुपाल्चोक,रसुवा, सर्लाही जस्ता ११ जिल्लामा अझै सदस्यता फर्म नपठाईएको र सदस्य नै नभएकोलाई विभागमा जिम्मेवारी दिने जस्ता काम भएपछि बिरोधमा उत्रन बाध्य भएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीको दाबी छ । नेता भण्डारीले सभापती देउवा नेपाली काँग्रेस पार्टीको बिरासत जोगाउन असफल हुनु भएकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताए । विधानले महाधिवेशनको दुई महिनामा पार्टीका संरचनालाई पूर्णता दिनुपर्ने र संशोधित व्यवस्थाले ६ महिनाको समय दिए पनि सभापतिले महाधिवेशनको मुखमा पार्टी कब्जा गर्ने नियतले काम गरेको भन्दै पौडेल पक्षले प्रतिरोधमा उत्रिने चेतावनी दिएको हो ।
विधानले २८ विभाग भनेकोमा अहिले ४७ बिभाग बनाईएको र आफुहरुले पटक–पटक यस्ता गलत काम सच्याउन ध्यानाकर्षण गराए पनि सभापतिले नटेरेकाले केन्द्रदेखि जिल्ला सम्मै आन्द्योलन गर्नुपर्ने बाध्यता रहेको पौडेल निकट नेताहरुको भनाई छ । यता सभापति निकटका नेता डा. प्रकाशशरण महत भने दोस्रो चरणको लकडाउनपछि केन्द्रीय समितिको बैठक बसेर महाधिवेशनको तयारीका कामलाई अघि बढाईने बताए ।
यसअघि पौडेल पक्षले गत १५ साउनमा देउवाको कार्यशैली विधान सम्मत नभएको भन्दलिखित ध्यानाकर्षण बुझाएको थियो । लिखित रूपमा पाँच बुँदे ज्ञापनपत्र बुझेकै दिन देउवाले एकल निर्णयमा चार सय ७९ सदस्यीय ज्येष्ठ राजनीतिक सभा गठन गरेका थिए । तर सभापती पक्षले भने बारम्बार बिभिन्न बिभागमा नियुक्तिका लागि नाम मागे पनि नदिए पछि मात्रै कोटा खाली राखेर नियुक्ति गर्दै आईरहेको बताउँदै आएको छ । अबिधेशन नजिकिदै गर्दा पार्टी सभापती देउवा र बरिष्ठ नेता पौडेल पक्षबिचको द्धन्द भने चर्कदै गएको छ । यसले महाधिबेशन प्रभाबीत हुने खतरा बढेर गएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रतिपक्षीदल, #बरिष्ठ नेता पौडेल अनसन, #महाधिवेशन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्