काठमाडौं उपत्यकामा झनै् बढ्यो कोरोना संक्रमण, एकैदिन ३०१ थपिए

काठमाडौं । सरकारले जोखिम गराउन काठमाडौ उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा गरेता पनि अहिले सम्म संक्रमितको संख्यामा कमी आएको छैनन । दैनिक जसो संक्रमितको संख्या बढिरहेको छ । बुधबार मात्रै काठडमाडौ उपत्यकामा ३ सय १ जनाका कोरोना संक्रमित भेटिएका छन् । भने देशभर ८ सय ८५ जना नया संक्रमित भेटिएका छन् । नया संक्रमितको संख्या बढेसँगै कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या पनि बढी हरेको छ ।
पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यसअघि एक पटक ११ जनाका संक्रमितको निधन भएको थियो भने एकैदिन पुन ११ जनाको मृत्यु भएको छ । मृतक मोरङ र भक्तपुरका दुई जना महिला रहेका छन् । कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमितको उपचार तथा हेरचाह तथा विरामी डिस्चार्चको सम्बन्धमा लागि अस्पतालहरुलाई निर्देशन दिएको छ । अस्पतालहले कोरोना संक्रमितहरुलाई १० दिन पश्चात परिआर परिक्षण गरि डिस्चार्च गर्न निर्देशन दिएको छ । यदि उक्त परिक्षणमा पोजेटिभ देखिए १४ दिन पश्चात पुन परिक्षण नगरि डिस्चार्च गर्नुपर्ने बताएको छ । कुनै पनि अस्पतालले १४ दिन भन्दा बढी विरामी अस्पताल राखेको खण्डमा सरकारले खर्च नव्यहोर्ने बताएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ८५ जना निको भएका छन् । भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार ५ सय ४ पुगेको छ । यस्तै हाल देशभर १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् भने त्यसमाहोम आइसोलेशनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७ सय ११ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १३ हजार २ सय ९३ जनाको पीसीआर परीक्षण भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #संक्रमितको संख्या, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्