Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

निषेधाज्ञा गर्दा पनि किन बढे काठमाडौं उपत्यकामा कोरोना संक्रमण


काठमाडौं । यतिबेला काठमाडौं उपत्यका सबैभन्दा कोरोना संक्रमणको हटस्पट बनेको छ । देशभरको संक्रमित संख्या हेर्दा झण्डै आधा संख्या काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा भेटिएका छन् । सरकारले लकडाउन खुलेसँगै उपत्यकामा कहाँ र कति मानिस आए भन्ने तथ्याङ कुनै निकायसँग छैन् । दैनिक बढ्दो संक्रमण मात्रै होइन उपत्यकामा कोरोनाबाट मर्नेहरुको संख्या पनि बढिरहेको छ ।

काठमाडौं उपत्यकामा मात्रै साढे ६ हजारबढी कोरोना संक्रमित थपिएका छन् । त्यो पनि निषेधाज्ञा लागू भएपछि धेरै संक्रमित थपिएका हुन् । उपत्यकामा निषेधाज्ञा जारी भएको दुई सातामा झनै कोरोना संक्रमित थपिएपछि उपत्यका थप जोखिममा परेको छ । लकडाउन खुलेपछि संक्रमित क्षेत्रबाट काठमाडौं भित्रिने र बजारमा भीडभाड बढाएर सरकार आफैले सुरक्षित रहेको उपत्यकामा जोखिम बढाएको स्वास्थ्य बिज्ञहरु बताइरहेका छन् । समुदायस्तरमा फैलिएको कोरोना संक्रमणले उपत्यकामा भयावह रुप लिन थालिसकेको छ ।

उपत्यकाको कोटेश्वर क्षेत्र सबैभन्दा बढी जोखिममा देखिदा कुलेश्वर–बल्खु, कलंकी, असन महाबौद्ध, बालाजु, महाराजगञ्ज बुढानिलकण्ठ कोरोना हटस्पट जस्तै बनेका छन् । काठमाडौं महानगरका सबै वडामा ललितपुर महानगर सहित अन्य नगरपालिका क्षेत्रमा समेत कोरोना संक्रमित बढ्दो क्रममा पहिचान हुँदा थप महामारीको जोखिम बढेको छ । व्यक्ति हुँदै परिवार र समुदायमा बिस्तार भएको कोरोनाको जोखिम कम गर्न सरकार सँगै व्यक्ति व्यक्ति सचेत र जिम्मेवार बन्नुपर्ने हुन्छ । तर, यहाँ जिम्मेवार बनेको फिटिक्कै देखिएन । कोटेश्वरको असर्फी गल्लीमा एक पसलबाट फैलिएको कोरोनाले एउटै घरका सबै परिवारलाई पनि छोडेन । समयमै पहिचान नहुँदा कोटेश्वर क्षेत्र उपत्यकाको सबैभन्दा बढी संक्रमण फैलिएको ठाउँ हो । जहाँ हामी पुग्दा सुनसान थियो ।

पसलबाट फैलिएको कोरोना आमा हुँदै आफूलाई समेत संक्रमण भएको बताउने युवती अहिले कोरोनालाई जितिसकेकी छन् । उनी भन्दैछिन कोरोनालाई जित्न आफूले तातोपानी र समयमै खाना, खाजा खायौं । साउन ६ गते लकडाउन खुलेसँगै बढेको चहलपहलले उपत्यकामा भित्रभित्रै संक्रमण व्यापक रुपमा विस्तार भइरहेको छ भन्ने उदाहरण अहिले संक्रमण पहिचान हुने दरले नै पुष्टि गरेको छ । जनस्वास्थ्यको न्यूनतम मापदण्ड पूरा नगरी बाहिर निस्किने जमातले संक्रमण चारैतिर तीव्र गतिले फैलिएको आँकलन गरिएको छ । माक्स लगाएपनि मापदण्ड र सुरक्षाका हिसाबले जोखिम बढाउनेगरि लगाएको पाइन्छ । त्यसो नगर्न कोरोना जितेकी युवतीको सुझाव छ ।

काठमाडौंको अर्को कोरोना संक्रमण बढि देखिएको क्षेत्र हो कुलेश्वर । जहाँ समुदायस्तरमा फैलिएको कोरोनाका सयौं बिरामी छन् । साउन २४ गते काठमाडौंको अतिब्यस्त रहने न्यूरोड तथा भोटाहिटिमा कोरोना संक्रमित फेला परे । त्यसलगत्तै यो क्षेत्र पूर्ण रुपमा शिल गरियो । उपत्यकाका अस्पतालमा प्रसूति, शल्यक्रियालगायतका स्वास्थ्य समस्या भएर उपचारका लागि जानेहरूमा संक्रमण देखिएको छ । उपत्यकामा सरदर करिब एक तिहाइ महिलामा संक्रमण देखिनुले संक्रमण समुदायतिर फैलिएको पुष्टि हुन्छ । जनस्वास्थ्यको अधिकतम मापदण्ड उपत्यकावासीले कडाइका साथ पालना नगरे जोखिम थप बढ्न सक्छ । मास्कको सही उपयोग, दुई मिटरको भौतिक दूरी, नियमित हातको सफाइ साबुनपानीले गरे मात्र हाल संक्रमणको सम्भावनालाई रोक्न सकिन्छ ।

संक्रमित व्यक्तिको संक्रमण स्रोत पहिचान गरेर सो व्यक्तिको सम्पर्क तथा व्यवहारलाई पूरा रुपमा अध्ययन गरेर थप सम्भाव्य संक्रमितलाई चाँडोभन्दा चाँडो पहिचान गरेर उपचार गर्दै अन्य क्षेत्रमा थप संक्रमण फैलिन नदिने प्रक्रिया नै कन्ट्याक ट्रेसिङ्ग हो । काठमाडौमा अहिले टोल नै पिच्छे संक्रमित देखिन थालेपछि खतराको घण्टी बजिसकेको छ । त्यसैले सर्वसाधारणदेखि सरकारसम्म नै जिम्मेवार बनेर भयावह स्थिती आउनबाट रोक्नु जरुरी छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #उपत्यकामा निषेधाज्ञा, #कोरोना संक्रमित

तपाईको कमेन्ट लेख्नुहोस्