खराब मुलुकको सूचीमा नेपाल, बढ्दै कोरोनाको संक्रमणसँगै गम्भिर बिरामी

काठमाडौं । आइतबार विहानै नेपालमा थप १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानमा ६४, चितवनमा ३४, बारा र पर्सामा २६, स्याङ्जामा २२ तथा कास्कीमा २० जनामा संक्रमण पुष्टि भएको हो । आज बिहान मात्रै गोरखामा एक जना र चितवनमा एक संक्रमितको मृत्यु भएको छ ।
झनै् बढ्दै गम्भिर बिरामीहरु
कोरोना संक्रमितसँगै नेपालमा गम्भिर बिरामीहरु समेत बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल आईसीयूमा १६७ र भेन्टिलेटरमा २४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । प्रदेश १ मा ३, प्रदेश २ मा २८, वागमती प्रदेशमा १०८, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २० र कर्णाली प्रदेशमा ३ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । प्रदेश १ मा १, वागमती प्रदेशमा २० र प्रदेश ५ मा ३ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पाँच सय बढी संक्रमित भएका जिल्ला
चारवटा प्रदेशका ११ वटा जिल्लामा पाँचसय भन्दा धेरै संक्रमित रहेका छन् । प्रदेश १ मा मोरङ र सुनसरी, प्रदेश २ मा बारा, पर्सा, धनुषा, रौतहट र सर्लाहीमा वागमती प्रदेशमा काठमाडौं, ललितपुर र चितवन अनि प्रदेश ५ को रुपन्देहीमा पाँचसय भन्दा धेरै कोरोना संक्रमित रहेका छन् ।
कोरोना संक्रमित नभएका जिल्ला
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगुमा हाल कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।
नेपालमा कोरोना संक्रमित दैनिक एक हजारभन्दा बढी पहिचान भइरहेका छन् । योसँगै नेपाल पछिल्लो २४ घण्टामा सबैभन्दा बढी संक्रमित पहिचान हुने मुलुकको १३ औँ स्थानमा उक्लिएको छ । कोरोना संक्रमण बढी पहिचान हुने संख्याका आधारमा नेपाल ५६ औँ स्थानमा छ । निरन्तर एक हजार बढी संक्रमित पहिचान भएको नेपालमा मृत्युदर समेत उच्च देखिदा खराब मुलुकको सूचिमा छलाङ मार्ने देखिन्छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्