एकैदिन निको भए २ हजार २ सय ८७ जना कोरोना संक्रमित

काठमाडौं । मंगलबार एकैदिन २ हजार २ सय ८७ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । एकैदिन डिस्चार्ज भएको यो संख्या अहिलेसम्मकै धेरै हो । हालसम्म कूल ३२ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने दर ६८ दशमलव ५ प्रतिशत हो । त्यस्तै, पछिल्लो २४ घण्टामा ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ३ सय, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना सहित थप ९ सय २ जना कोरोना संक्रमित थपिएका हुन् । यो सगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३ सय ६ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमणदर अझ पनि नघटेकोले सचेत भई सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । नेपालमा कोरोना भाइरस संक्रमणको बारेमा अफवाह फैलाउने व्यतिmहरुलाई कानुनी कारबाहीको प्रक्रिया समेत अगाडि बढाएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट दिर्घरोगी बालवालिकालाई मात्र प्रभाव पर्दछ भन्ने जस्ता गलत धारणका कारण संक्रमण फैलिएको हुदा सबै वर्गले स्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन मन्त्रालयले आग्रह गरेको छ । हाल ५०० बढी संक्रमित रहेको जिल्लामा मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही छन् ।
यस्तै ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रमित शून्य रहेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ६८ रहेको छ । संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८ सय १५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
कांग्रेस महामन्त्री कोइरालालाई कोरोना
नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका छन् । कोइरालालाई सोमबार ९९ दशमलव ८ जरो ज्वरो समेत आएको उनको सचिवालयले जनाएको छ ।
सोमबार ह्याम्स अस्पतालले गरेको स्वाव परीक्षणमा रिपोर्ट बोर्डर लाइनमा देखिएपछि पुनः स्वाव संकलन गरेर टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाएको छ । रिपोर्ट शंकास्पद आएपछि आफुसहित सचिवालयका सदस्य र केही केन्द्रीय सदस्यको समेत फेरि स्वाव परिक्षण गरिएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #जागेश्वर गौतम, #डिस्चार्ज, #शशांक कोइरालालाई कोरोना
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्