काठमाडौं उपत्यकामा घटेन संक्रमण, एकैदिन ४६४ जनामा कोरोना

काठमाडौं । उपत्यकामा एकैदिन ४ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ३ सय ९४, ललितपुरका ४३ र भक्तपुरका ३६ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ ।
यस्तै एकैदिन ९ सय १८ जना संक्रमण मुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८ सय ८२ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९ सय ८८ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैबीच कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय १२ पुगेको छ । हालसम्म २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमा २१ जना बागमती प्रदेशका रहेका छन् भने १ जना प्रदेश नम्बर ५ का रहेका छन् । आइसीयुमा भने १ सय ६२ जना रहेका छन् । जसमा बागमती प्रदेशका मात्रै १ सय १ जना रहेका छन् ।
हालसम्म ५५ बढी संक्रमित रहेको जिल्लामा सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, ललितपु र रुपन्देही रहेको छन् भने मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रमित छैनन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमित, #संक्रमण मुक्त
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्