नेकपामा कडा मापदण्ड, फेसबुक–ट्वीटरबाट गाली गर्न प्रतिबन्ध

काठमाडौं । नेकपामा छ/सात महिनादेखिको बिवाद समाधानका लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्थायी कमिटि बैठकमा पेश गर्ने प्रस्ताव तयार गरेका छन् । कार्यदलले तयार पारेको प्रस्तावका आधारमा अध्यक्षद्धयले शुक्रबार बस्ने स्थायी कमिटि बैठकमा पेश गर्ने प्रस्ताव तयार गरेका हुन् । तयार भएको १५ बुँदे प्रस्तावमा नेता तथा कार्यकर्तालाई गाली गलौज गर्न समेत प्रतिबन्ध लगाइएको छ । ५ नम्बर बुँदाको ५ दशमलव ५ नम्बरमा नेता तथा कार्यकर्तालाई गुटगत भेला तथा आरोप प्रत्यारोप गर्न रोक लगाइएको हो । गुटका आधारमा गतिविधि गर्न र सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोप लगाउन नपाउने गरी प्रस्ताव बनाइएको हो ।
मुख्य गुट नै चलाइ रहेका अध्यक्ष ओली र दाहालले ‘गुटले पार्टीलाई नै विस्थापित गर्न खोजेको’ भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । गत असार १० गते सुरु भएको स्थायी समिति बैठकले निरन्तरता नपाउँदा नेकपा विभाजनको संघारमा पुगेको थियो । अध्यक्ष ओलीले बालुवाटारबाटै आफ्नो गुटलाई परिचालन गर्दै आएका थिए भने अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि भिन्नै पार्टीको छनक दिने गरी गुटका गतिविधि अघि बढाएका थिए । अध्यक्षले तयार पारेको प्रस्तावमा भनिएको छ, ‘आन्तरिक विवादलाई कटुतपूर्ण र यदाकदा शत्रुतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग/अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरुलाई कडाईका साथ नियन्त्रण गर्ने र पार्टीलाई अनुसाशीत र पार्टी भित्रको वहस– विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने निर्णय गर्दछ ।’ नेकपामा तीन ठूला गुट र अन्य सहायक गुटहरु सधैँ सक्रिय छन् ।
पूर्वमाओवादी समर्थित गुटको नेतृत्व दाहालले गर्दै आएका छन् भने पूर्व एमालेभित्र रहेको ओली र नेपाल गुट पनि उत्तिकै सशक्त गुटका रुपमा रहेका छन । शुक्रबार स्थायी कमिटिमा पेश हुने प्रस्तावमा गुटले पार्टीमा अराजकता पैदा गरेको र नेतृत्वले नै त्यसलाई प्रशय दिएको स्वीकार गरिएको छ । ‘संस्थागत प्रणाली र वैधानिक व्यवस्थालाई चुनौती दिने प्रवृति झाँगिदै जाँदा पद्धतिहीनता, गुटबन्दी, अराजकता र अनुशासनहिनता फैलिँदै गयो। विभिन्न सन्दर्भमा नेतृत्व तहबाट समेत गम्भीर प्रकृतिका गल्ति, कमजोरीहरु हुन पुगे, कार्ययोजनाम भनिएको छ । त्यस्तै सामाजिक सञ्जालमा दुई वा तीन पक्षमा विभाजित भएर अर्को पक्षमाथि आरोप लगाउने, खुइल्याउने जस्ता कार्यलाई पनि नियन्त्रण गर्ने भनिएको छ । प्रस्तावमा लेखिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाईका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्बद्ध सबैलाई निर्देशित गर्दछ भनिएको छ ।
नेकपाले पारदर्शी र जवाफदेही जीवन शैलीलाई कडाइका साथ नियन्त्रण गर्ने भएको छ। पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिको जीवनशैली भद्धा र अपारदर्शी हुँदै भएकाले त्यसलाई विगतमा जारी गरिएइको आचारसंहिता अनुसार नियन्त्रण गर्ने प्रस्ताव गरिएको छ । ‘विगतमा तय गरिएको आचारसंहितालाई परिमार्जन गरी कडाईका साथ लागु गर्ने निर्णय गर्दछ । सबैलाई, विशेषतः जिम्मेवार कमरेडहरुलाई पारदर्शी र जवाफदेही जीवनशैली अपनाउन र आफ्नो आचरण तथा कामप्रति जवाफदेही हुन निर्देशित गर्दछ’, कार्ययोजनामा भनिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा, #फेसबुक–ट्वीटरबाट गाली गर्न प्रतिबन्ध, #स्थायी कमिटि बैठक
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्