काठमाडौं उपत्यकामा ५ सय ७२ सहित एकैदिन १२४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । उपत्यकामा एकैदिन ५ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४ सय ९५ ललितपुरमा ४३ र भक्तपुरमा ३४ गरी ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशभर भने १ हजार २ सय ४६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र १ हजार ८ सय १८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ३५ हजार ७ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४ सय ३८ जना रहेका छन् । यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् ।
त्यस्तै, कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय १७ पुगेको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #उपत्यका, #कोरोना भाइरस पुष्टि
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्